Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

पशुपतिनगरका ६ वटा विद्यालयमा मेडिकल संचालक भुजेलको सहयोग

पशुपतिनगरका ६ वटा विद्यालयमा मेडिकल संचालक भुजेलको सहयोग

  • सन्देश सम्वाददाता
  • मंगलबार, मंसिर ३० २०७७


पशुपतिनगरका ६ वटा विद्यालयमा मेडिकल संचालक भुजेलको सहयोग

पशुपतिनगर । सूर्योदय नगरपालिकाको पशुपतिनगरका ६ वटा विद्यालयलाई स्थानीय मेडिकल संचालकले कोभिड–१९ विरुद्धको सुरक्षा सामाग्री प्रदान गरेका छन् । सूर्यबिनायक मेडिकल संचालन गर्दै आएका सागर भुजेलले वडा नं २ र ३ मा पर्ने विद्यालयलाई सर्जिकल मास्क ३ हजार थान, केएन–९५ मास्क २५० थान, स्प्रे सहितको सेनिटाइजर ४० लिटर, फेस सेभर २५० थान र ५ हजार सिटामोल गरी कुल ४०÷४५ हजार मुल्य बराबरको सामाग्री उपलब्ध गराएका हुन् ।

उनले वडा नं २ को बौद्धधाम मावि, महेन्द्र आधारभुत विद्यालय, सार्वजनिक आधारभुत विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीहरुलाई सुरक्षा समाग्री प्रदान गरेका थिए । त्यसैगरी वडा नं ३ को शान्ति आधारभुत विद्यालय, लक्ष्मी राष्ट्रिय माध्यमिक बिद्यालय, भीमज्योती आधारभुत विद्यालयलाई समेत उपलब्ध गराएका छन् ।

कोभिड–१९ को विद्यमान परिस्थितीलाई मध्यनजर गर्दै शिक्षा क्षेत्रमा पठनपाठन सहजतको लागि सुरक्षा सम्बन्धी विभिन्न सामाग्रीहरु प्रदान गरिएको मेडिकल संचालक भुजेलले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार