Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

२३ करोडको लगानीमा कन्याममा निर्माण हुने चिया अध्ययन तथा टेस्टिङ्ग सेन्टरको मुख्यमन्त्रीद्धारा शिलान्यास

२३ करोडको लगानीमा कन्याममा निर्माण हुने चिया अध्ययन तथा टेस्टिङ्ग सेन्टरको मुख्यमन्त्रीद्धारा शिलान्यास

  • सन्देश सम्वाददाता
  • बिहिबार, मंसिर १८ २०७७


२३ करोडको लगानीमा कन्याममा निर्माण हुने चिया अध्ययन तथा टेस्टिङ्ग सेन्टरको मुख्यमन्त्रीद्धारा शिलान्यास

फिक्कल : नेपाली चियाको उत्पादन, प्रशोधन र बजारीकरणको प्रवद्र्धन गर्ने उदेश्यले इलामको सूर्योदय नगरपालिकाकाे कन्याममा चियाको अध्ययन तथा टेस्टिङ्ग सेन्टरको निर्माण शुरु भएको छ । सूर्योदय नगरपालिका इलामको २० प्रतिशत र प्रदेश नम्बर एक सरकारको ८० प्रतिशत लगानीमा टेस्टिङ्ग सेन्टरको निर्माण शुरु भएको हो ।

२३ करोड लगानीमा निर्माण शुरु भएको चिया टेस्टिङ्ग तथा अध्ययन सेन्टरको प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले सिलान्यास गरे । टेस्टिङ्ग सेन्टरको शिलान्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले चियाको खेती शुरु भएको इलाममा स्थापना भएको चियाको अध्ययन तथा टेस्टिङ्ग सेन्टरले किसान, उद्योगी र व्यवसायीको समस्या समाधानको केन्द्र बन्ने बताए । देशभरमा उत्पादन हुने चियाको गुणस्तर जाँच विश्व बजारमा पु¥याइने भएकाले चिया टेस्टिङ्ग सेन्टरले नेपाली चियाको प्रवद्र्धनमा ठुलो योगदान गर्ने मुख्य मन्त्री राईको भनाइ छ ।


कार्यक्रममा बोन्दै प्रदेश एक सरकारको कृषि भुमि व्यवस्था तथा सहकारी राज्यमन्त्री राम बहादूर रानाले चिया टेस्टिङ्ग सेन्टरमा प्रदेश सरकारको लगानी गरिएपनि देशभरको चियाको गुणस्तर जाँच हुने बताए । नेपालमा गुणस्तरीय चियाको उत्पादन हुने भएपनि गुणस्तर जाँच नहुँदा अन्तराष्ट्रिय बजारमा मुल्य कम भएकाले टेस्टिङ्ग र अध्ययनको केन्द्र बनाइएको मन्त्री रानाको भनाइ छ । टेस्टिङ्ग सेन्टर बनिसकेपछि अन्तर्राष्ट्रिय बजारबाट नेपालमा चिया किन्न आउने व्यापारीहरुले सोझै सम्पर्क गर्ने मन्त्री मगरले बताए ।


चिया टेस्टिङ्ग सेन्टर निर्माणको कामले चियाको अन्तर्राष्ट्रिय बजार बिस्तारमा सहयोग पुग्ने चिया तथा कफि विकास बोर्डका कार्यकारी निर्देशक डाक्टर बिष्णु भट्टराईले बताए । नेपाली चियाको आफ्नै टे«डमार्क कार्यान्वयन आएको बेला टेस्टिङ्ग सेन्टर निर्माणको कामले बजारीकरणको काममा योगदान गर्ने र आफ्नो तर्फबाट प्राविधिक सहयोग गर्ने उनले बताए ।


कार्यक्रममा बोल्दै प्रदेश सासंद काजिमान कागतेले चियाको राजधानी घोषित सूर्योदय नगरपालिकामा निर्माण हुने टि टेस्टिङ्ग सेन्टरले इलामको मात्रै नभएर देशभरका चिया खेती गर्ने किसान, उद्योगी र व्यवसायीको मनोवल बढेको बताए । कन्याम चिया बगानसँगै रहेको ११ रोपनी क्षेत्रफलको सरकारी जग्गामा टि टेस्टिङ्ग सेन्टर निर्माण हुनेछ ।

कार्यक्रममा जिल्ला समन्वय समिति इलामकी उप–प्रमुख चित्रकला बराइलीले कन्याममा निर्माण हुने टि टेस्टिङ्ग सेन्टरले इलामको पर्यटनसँगै नेपालको चिया विकास र बजारीकणमा सहयोग पुग्ने बताइन् ।  सूर्योदय नगरपालिका वडा नम्बर ७ मा निर्माण शुरु भएको चिया टेस्टिङ्ग सेन्टर १८ महिनामा निर्माण सम्पन्न भइसक्ने सूर्योदय नगरपालिका प्रमुख रणबहादूर राईले बताए ।

‘हामीले नरपालिकाको विकास र प्रवद्र्धनका लागी प्रदेश सरकार र संघीय सरकारको सहकार्य पूर्वाधार निर्माणसँगै पर्यटन तथा चिया खेतीको विस्तारमा लागेको छौँ– नगर प्रमुख राई भने–‘जनताका मागलाई संस्थागत गरि काम गर्दा ढिलो भएपनि हामी संघीयताको उपाहार स्वरुप तीनै तहका सरकार विकास निर्माणमा एक छौँ ।’ कार्यक्रममा बोल्दै माईजोगमाई गाउँपालिकाका अध्यक्ष जित बहादूर राईले जनताका आकाक्षा अनुसार काम नभएपनि स्थानीय तहका सरकारले माथिल्ला दुई तहका सरकारसँग हातेमालो गर्दै सुखी नेपाली समृद्ध नेपालको यात्रामा लागेको बताए ।


‘हामी निर्वाचित भएर आउँदा कुनै संरचना पनि थिएन, कसरी काम शुरु गर्ने भन्ने थियो अध्यक्ष राईले भने–‘पूर्वाधार विहिनको अवस्थाबाट हामी जनताका मागहरु सम्बोधन गरि आफ्नो स्थानीय तहलाई बलियो बनाउँदैछौँ ।’ संविधानसभाका सदस्य सुर्यवाला राईले संर्घषको क्रममा देखिएका सपनाहरु कार्यान्वयन हुदै गएकाले जनताले चाडैँ सुख सुविधा पाउने आशा गरे ।

कार्यक्रममा नेपाली काग्रेसका नेता दुर्गा बरालले सरकारले जनताको चाहाना अनुसार काम गर्न नसकेको र हिजो निरङ्कुशताका विरुद्ध सगैँ हातेमालो गरेका मित्रहरुलाई गिरक्तार गर्ने काममा लागेको प्रति असन्तुष्टि व्यक्त गरे । ‘निरङ्कुसताका विरुद्ध लाग्ने दलहरुमध्येको एउटा पार्टी सरकारमा छ अर्को बिपक्षमा छ तर सरकारले बाटो विराएर धरपकटमा लागेको देखिन्छ ।’– बरालले भने–‘हामी यस्ता कार्यको विरुद्ध सर्घषको कार्यक्रम समेत ल्याउनेछौँ । बरालले इलामको सूर्योदय नगरपालिकामा चियाको टेस्टिङ्ग सेन्टर निर्माण शुरु भएकोमा खुशि व्यक्त गरे ।

कार्यक्रममा सूर्योदय नगरपालिकाकी उप–प्रमुख दुर्गादेवी भट्टराईले चियाको अध्ययन तथा गुणस्तर जाँच केन्द्र निर्माणको चरणमा पु¥याउने जनप्रतिनिधि, प्रदेश सासंद, प्रदेश सरकारका मन्त्री लगायतलाई धन्यवाद दिँदै स्वागत गरेकी थिइन् । कार्यक्रममा इलामका प्रमुख जिल्ला अधिकारी तुलसी राम सेढाईले समेत मन्तव्य राखेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार