Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

माईमा आधारभुत स्वास्थ्य केन्द्रको उद्घाटन

माईमा आधारभुत स्वास्थ्य केन्द्रको उद्घाटन

  • सन्देश सम्वाददाता
  • बुधबार, मंसिर १७ २०७७


माईमा आधारभुत स्वास्थ्य केन्द्रको उद्घाटन

माई । इलामको माई नगरपालिका वडा नम्बर–६ मा आधारभुत स्वास्थ्य केन्द्रको एक कार्यक्रमका बिच उद्धघाटन गरिएको छ । नगर प्रमुख दिपक थेबेले स्वास्थ्य केन्द्रको उद्धघाटन गरेका हुन् । स्थानीय सरकारको लागत साझेदारीमा निर्माण भएको ३ कोठे आधारभुत स्वास्थ्य केन्द्रको उद्घाटन गर्दै मेयर थेबेले “सम्पन्न नेपाली समृद्धि नेपालको परिकल्पना” पुरा गर्न स्वास्थ्य राम्रो हुनुपर्ने बताए ।

माईका नागरिकहरुलाई स्वास्थ्यको पहुँचमा सहयोग पुग्ने उद्धेश्य सबै वडामा स्वास्थ्य केन्द्र निर्माण गरि सञ्चालन गर्न थालिएको उनले बताए । नगर प्रमुख थेबेले स्वास्थ्य र शिक्षा पहिलो आबश्यक्ता भएका भन्दै सबै नागरिकलाई असल शिक्षा सहित सरकारले सञ्चालन गरेको स्वास्थ्य केन्द्रबाट निःशुल्क सेवा लिन अनुरोध गरे।

नागरिकहरुलाई बाहिरी पसलबाट आफु खुशी औषधी नखान आग्रह गर्दै स्थानीय सरकारले सबै नागरिकको स्वास्थ्यको ख्याल गर्दै मेडिकल अधिकृत सहितको नगर आधारभुत अस्पताल समेत शुरु गरेको जानकारी दिए स्वास्थ्य केन्द्र उद्घाटन कार्यक्रममा बिशेष अतिथि उपप्रमुख बिष्णुमाया आचार्य नगरको सोच,चाहाना र भावना अनुरुप सबै वडामा स्वास्थ्य सेवा शुरु गरिएको बताइन् । जनचाहानको आधारभुत आबश्यक्ता पुरा गर्न नगर लागि रहने उपप्रमुख आचार्यले बताइन् ।

वडा अध्यक्ष मुखराज आङ्गदम्बेले माई–६ का नागरिकको स्वास्थ्य क्षेत्रमा एउटा अपेक्षा पुरा भएको ऐतिहासिक दिन आज भएको भन्दै आधारभुत स्वास्थ्य केन्द्र निर्माणमा सहयोग गर्ने सबैमा धन्यबाद ज्ञापन गरे ।  स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेलले माई–६ सहित १, ३, ४, ८ र १० नम्बर वडामा यसै आर्थिक बर्षबाट आधारभुत स्वास्थ्य केन्द्र सञ्चालन शुरु गरिएको बताए ।

स्वास्थ्य निरिक्षक कट्टेलले वडा नम्बर ५ मा सामुदायिक स्वास्थ्य केन्द्र तथा वडा नम्बर २, ७ र ९ मा स्वास्थ्य चौकी र नगर अस्पताल माई–२ मा रहेकाले अव सबै नागरिकको पहँुच स्वास्थ्य संस्थामा रहेको जानकारी दिए ।  कार्यक्रममा दशलाख मुल्य बराबरको एक रोपनी जग्गादान गर्ने स्थानीय शर्मिला लावती सुब्बालाई समेत सम्मान गरिएको थियो ।

वडा अध्यक्ष आङ्गदम्बेको अध्यक्षता तथा स्वास्थ्य निरिक्षक कट्टेलको सञ्चालन रहेको भवन उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत बिष्णुकुमार थेगुवा, लेखा अधिकृत क्षेत्र नाथ शर्मा, करुणा फाउण्डेसन नेपालका समुदाय संयोजक विमल दहाल लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार