Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

धरानमा इलाम र सुनसरीका दुई युवाको कोरोना स‌ंक्रमणबाट मृत्यु

धरानमा इलाम र सुनसरीका दुई युवाको कोरोना स‌ंक्रमणबाट मृत्यु

  • सन्देश सम्वाददाता
  • सोमबार, मंसिर ८ २०७७


धरानमा इलाम र सुनसरीका दुई युवाको कोरोना स‌ंक्रमणबाट मृत्यु

धरान । धरानको वीपी कोभिड अस्पतलमा थप दुई पुरुष कोभिड संक्रमितको मृत्यु भएको छ। मोरङ सुन्दर हरैँचाका ६७ वर्षीय र इलाम १ का २५ वर्षीय पुरुषको मृत्यु भएको हो। मोरङका संक्रमितमा दीर्घ रोग मधुमेह रहेको थियो। उनलाई २२ गते कोरोना पुष्टि भएको थियो। मङ्सिर १ गते कोभिड अस्पतालमा भर्ना गरिएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सह-प्रवक्ता आशिष श्रेष्ठले जानकारी दिए।

उनकाअनुसार आज बिहान पौने ७ बजे मृत्यु भएको हो। त्यसैगरी, इलामका संक्रमितमा पनि दीर्घ रोग रहेको थियो। उनलाई ५ गते कोरोना पुष्टि भइ सोही दिन अस्पताल भर्ना गरिएको थियो। उनको गएराति साढे ९ बजे मृत्यु भएको थियो। योसँगै प्रतिष्ठानमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय ११ पुगेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार