Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

फाकफोकथुम गाउँपालिका अध्यक्ष श्रेष्ठलाई कोरोना संक्रमण

फाकफोकथुम गाउँपालिका अध्यक्ष श्रेष्ठलाई कोरोना संक्रमण

  • लिला सुब्बा
  • बुधबार, कार्तिक ५ २०७७


फाकफोकथुम गाउँपालिका अध्यक्ष श्रेष्ठलाई कोरोना संक्रमण

फाकफोकथुम । फाकफोकथुम गाउँपालिकाका अध्यक्ष रामकुमार श्रेष्ठलाई कोरोना संक्रमण देखिएको छ । उच्च ज्वरो आएपछि झापा झरेका श्रेष्ठलाई कार्तिक २ गते कोरोना संक्रमण देखिएको गाउँपालिका उपाध्यक्ष सरस्वती राई सरुले जानकारी दिइन् । मेची अञ्चल अस्पतालमा उनको स्वाब संकलन गरिएको थियो ।

हाल श्रेष्ठ झापाको विर्तामोड स्थित आफ्नै घरमा आराम गरिरहेका छन् । अध्यक्षमा संक्रमण देखिएपछि अर्को सुचना नआउन्जेल गाउँपालिकाले कार्तिक ३ गतेबाट कार्यालयको सेवा बन्द गरेको छ । सार्वजनिक सुचना जारी गर्दै गाउँपालिकाले कसैमा उच्च ज्वरो, सुख्खा खोकी लगायत कोरोनाको शंकास्पद लक्षण देखा परेमा सम्बन्धित निकायलाई जानकारी गराई आफ्नै घरमा सुरक्षित साथ होम आइसोलेसनमा बस्न अनुरोध गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार