फिक्कल । इलामको सूर्योदय नगरपालिका कन्यामका युवा निशान सापकोटाको संगीत र निर्देशनमा मायाको भुइचालो नामक गीतको छायांकन सुरु भएको छ । रोहित श्रेष्ठ र झापाकी अनु ढकालको स्वरमा सजिएको गीतको कन्याम भिलेज कटेज, ग्रीन कार्पेट होटल परिसर तथा श्रीअन्तु र सुन्दरपानी क्षेत्रमा धमाधम भइरहेको हाे ।
बिपिन भारद्वजको शब्द रहेको गीतमा स्थानिय सूर्योदय नगरपालिकाकै कलाकारहरुले सन्तोष राईको कोरियोग्राफमा इभर ग्रिन क्रिउले नृत्य पस्केका छन । म्युजिक भिडियोलाई हाइलाइट्स नेपालको युट्युब च्यानल मार्फत दर्शक माझ ल्याईने निशानले बताए ।