Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

इलाममा सानू शिवा पहाडीको सम्मान एवं सम्झनामा ‘श्रद्धाञ्जली सभा’

इलाममा सानू शिवा पहाडीको सम्मान एवं सम्झनामा ‘श्रद्धाञ्जली सभा’

  • सन्देश सम्वाददाता
  • मंगलबार, कार्तिक ४ २०७७


इलाममा सानू शिवा पहाडीको सम्मान एवं सम्झनामा ‘श्रद्धाञ्जली सभा’

इलाम । संघीय संसद प्रतिनिधिसभाकी सदस्य एवम जनगायक सानू शिवा पहाडीको सातौं दिनको पुण्य तिथिको सन्दर्भ पारेर उनकाे सम्मान एवम् सम्झनामा  श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न भएको छ ।नेकपा जिल्ला कमिटी इलामको आयोजनामा भएकाे श्रद्धाञ्जली सभामा जिल्ला कमिटी अध्यक्ष एवं भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरको अध्यक्षता एवम राष्ट्रियसभाका सांसद अगमप्रसाद वान्तवाले शोक मन्तव्य व्यक्त गरेका थिए ।

जिल्ला कार्यालय सचिव नवराज शंकरले स्व पहाडीको संक्षिप्त जिवनी एवं योगदानका बारेमा चर्चा गरेका थिए । श्रद्धाञ्जली सभा कार्यक्रमको सञ्चालन पार्टी जिल्ला कमिटी सचिव सोममाया राई (सिन्धु) ले गरेकी थिइन् ।  कार्यक्रममा जिल्ला कार्यालय सदस्य भक्त केसि, कार्यालय सदस्य एवं इलाम नगर प्रमुख महेश बस्नेत, कार्यालय सदस्य तेजबहादुर राई (विजय), जिल्ला सचिवालय सदस्य एवं जिसस प्रमुख गणेशप्रसाद बराल, जिल्ला सचिवालय सदस्यहरु, जिल्ला सदस्यहरु, स्व पहाडीको परिवारबाट शोभा परियार र कुमारी परियारका साथै पार्टीका नेता कार्यकर्ताहरु, शुभेच्छुक, शुभचिन्तकहरु एवम् सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार