Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

आ–आफ्नो घरमा नै बसी पर्वहरु मनाउन पुर्व प्रधानमन्त्री खनालको आग्रह

आ–आफ्नो घरमा नै बसी पर्वहरु मनाउन पुर्व प्रधानमन्त्री खनालको आग्रह

  • सन्देश सम्वाददाता
  • आइतबार, कार्तिक २ २०७७


आ–आफ्नो घरमा नै बसी पर्वहरु मनाउन पुर्व प्रधानमन्त्री खनालको आग्रह

इलाम । पुर्व प्रधानमन्त्री एवम इलाम क्षेत्र नम्बर एकका प्रतिनिधि सभा सदस्य झलनाथ खनालले कोरोना संक्रमण बढ्दो रुपमा फैलिएकाले आ–आफनो घरमा नै बसी पर्वहरु मनाउन अनुरोध गरेका छन् ।   सामाजिक सञ्जाल मार्फत २०७७ सालको विजयादशमी, दिपावली, नेपाल सम्बत् ११४१, छठ, उँधौली पर्व, ल्होसार लगायत नेपाली चाडपर्वहरुको शभकामना दिँदै खनालले  कोरोनालाई खेलाची नगरि सुरक्षित भएर चाडपर्व मनाउन आग्रह गरेका हुन् ।

उनले लेखेका छन्-‘२०७७ सालको विजयादशमी, दिपावली, नेपाल सम्बत् ११४१, छठ, उँधौली पर्व, ल्होसार लगायत नेपाली चाडपर्वहरुको पावन अवसरमा स्वदेशमा तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि तथा चौतर्फी प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । साथै कोभिड–१९ को सङ्क्रमण बढ्दो रुपमा फैलिरहेको सन्दर्भमा आ-आफ्नो घरमा नै बसी पर्वहरु मनाउनुहुन सबैलाई हार्दिक अनुरोध गर्दछु ।’

प्रतिक्रिया
सम्बन्धित समाचार