इलाम । राष्ट्रिय सभाका सदस्य अगम प्रसाद बान्तवाले कानुन बनाउने अभ्यासमा धेरै समय वित्दा विकास निर्माणका कामले जति गति लिनुपर्ने सो अनुरुप हुन नसकेको बताए । जिल्ला समन्वय समितिको आयोजनामा भएको चौथो जिल्ला सभाको उद्धघाटन सत्रमा बोल्दै बान्तवाले अझै पनि तीनै तहमा कानुनको अभावमा विकासका धेरै कामहरु रोकिएको बताए । उनले कर्मचारी अभाव र अन्य प्राविधिक समस्याका कारण स्थानीय तहमा अख्तियारले समेत औला उठाएको बताए ।
प्रदेश सभा सदस्य एवम नेकपा केन्द्रिय सदस्य धिरेन्द्र शर्मा रमणले संघीयतापछि विकासका पुर्वाधारले दुर्गम जोडेको बताएका छन् । उनले अहिलेको अवस्थामा आर्थिक विकासमा जोड दिन जरुरी रहेको बताए । । छिटो उपयोग गर्ने संरचना निर्माण गर्न जरुरी रहेको शर्माले धारणा राखे ।
त्यस्तै अर्का प्रदेश सभा सदस्य खिनु लङ्वा लिम्बुले अहिले देश कोरोनासंग जुधिरहेको अवस्थामा नयाँ कार्ययोजना बनाएर अघि बढ्नुपर्ने बताइन् । उनले अहिलेको अवस्थामा इलामबाट बिरामी हुँदा बाहिर लग्नुपर्ने र उपचारको लागि बेड नपाउँदा ज्यान जोखिममा पर्ने भएकाले यस तर्फ सबैको ध्यान पुग्नुपर्ने बताइन् ।

प्रदेश नम्बर एकमा नियन्त्रण भन्दा बाहिर गएकाले पाँचौ सभाले बिशेष कार्यक्रम गरेर तत्काल अघि बढ्नुपर्ने धारणा राखिन् । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख गणेश बरालले अब स्थानीय सरकारले गरेको तीन बर्षे उपलब्धीलाई सार्वजनिकिकरण गर्नुपर्ने बताए ।
उनले जनतालाई शुसाशनको प्रत्याभुत गराउन सबै जनप्रतिनिधि जवाफदेही भएर लाग्नुपर्ने बताए । ३ बर्षको अवधिमा सबै स्थानीय तहमा समन्वयकारी भुमिका खेलेको बरालले बताए । इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले ट्रयाक छाडेका स्थानीय तहलाई एउटा बाटोमा ल्याउन जिल्ला समन्वय समितिले भुमिका खेल्नुपर्ने बताए । उनले नियमनकारी निकायले अनुगमनको पाटोलाई बलियो बनाउनुपर्ने बताए । कार्यक्रममा जिल्लाका १० वटा स्थानीय तहका प्रमुख एवम उपप्रमुख जिससका सदस्यहरुको उपस्थिती रहेको थियो ।