फिक्कल । अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा इलाम नगरपालिका–१० गोदकमा रहेको माईभगवती बृद्धाश्रममा रहेका जेष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । मेची आयुर्वेद अस्पताल आइतबारेले बृद्धाश्रममा रहेका २४ जनाको स्वास्थ्य परिक्षण गरेको हो ।
बृद्धाश्रममा रहेको जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण गरी रोग प्रतिरोधात्मक एवम शक्तिबर्दक औषधी वितरण गरिएको अस्पतालका बैद्य खगेन्द्र भट्टराईले जानकारी दिए । सन् १९९१ देखि हरेक वर्ष अक्टोवर १ मा अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाउने गरिन्छ । ज्येष्ठ नागरिकहरुलाई सम्मान र अधिकारमा पहुँच पुर्याउने उदेश्यका साथ संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर यो दिवस मनाईन्छ ।
