इलाम । ओलम्पियन एवम नेपाली स्विमङ खेलाडी नयना शाक्य दम्पती कोरोना संक्रमणबाट मुक्त भएका छन् । सामाजिक संजाल मार्फत नयनाले आफु सहित श्रीमान पुर्व बास्केटबल खेलाडी एवम प्रशिक्षक विकास शाही र छोरा इभान कोरोनाको संक्रमणबाट मुक्त भएको जनाएकी छन् ।
कोरोना संक्रमण देखिएको १६ दिनपछि शाक्य दम्पतीको टेस्ट नेगेटिभ आएको हो । संक्रमण देखिएपछि उनीहरु आइसोलेसनमा रहेका थिए । गत भदौ ३० गते घर छेउको पसलका सञ्चालकमा कोरोना देखिएपछि नयना, उनका श्रीमान र छोराको पिसिआर परिक्षण गरेकी थिइन् ।
पहिलो पटक परीक्षण गराउँदा नतिजा नेगेटिभ आएको र दोस्रो पटक परीक्षण गराउँदा पोजेटिभ आएको थियो । शाक्यले आठौं दक्षिण एशियाली खेलकुद (साग) मा पौडीमा स्वर्ण पदक जितेकी थिइन् । विकासको प्रशिक्षणमा गत १३ औ सागमा नेपाली महिला बास्केटबल टिमले रजत पदक प्राप्त गरेको थियो ।