नयाँबजार । माईजोगमाई गाउँपालिका वडा न–३ मा बदेँल आतंक बढेको छ । गाउँपालिकाको लालिखर्क र गुप्तीमा बदेँल आतंक बढेको हो । कृषकहरुले लगाएको नगदेबाली स्थानियले लगाएको मकै बदेलले बिनाश गर्न थाले पछि किसानहरु चिन्तित बनेका हुन् ।
बर्सेनि यहि समयमा बदेल आउने र आफुहरुले लगाएको बालीनाली सखाप पार्ने किसानहरुको गुनासो छ । राती ११/१२ बजे सम्म रुङ्गने गरेपनि बदेँल कति बेला आएर बालिनाली खाने गरेको गुनासो हरेक बर्ष रहँदै आएको छ ।
‘सधै खेती ग¥यो उठाउने बेला जंगली बन्यजन्तुलाई खुवाउनु पर्छ’ एक किसानले भने ‘खेती गर्यो सबै बदेँलले रातिनै खाईदिन्छ जहिल्यै रुगेर पनि साध्य नहुने रहेछ ।’ बदेँल नियन्त्रण गर्न स्थानिय सरकार तथा प्रहरी प्रशासनले केही नगर्ने गरेको गुनासो छ।