Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

झापाका चार नगरपालिकामा प्रशासकीय अधिकृत हेरफेर , माईका लम्साल मेचीनगरमा

झापाका चार नगरपालिकामा प्रशासकीय अधिकृत हेरफेर , माईका लम्साल मेचीनगरमा

  • सन्देश सम्वाददाता
  • शुक्रबार, असोज २ २०७७


झापाका चार नगरपालिकामा प्रशासकीय अधिकृत हेरफेर , माईका लम्साल मेचीनगरमा

झापा । झापाको ४ वटा स्थानिय तहको प्रमुख प्रशासकिय अधिकृत हेरफेर भएका छन् । विर्तामोड नगरपालिका, मेचीनगर नगरपालिका, अर्जनधारा र गौरादहको प्रमुख प्रशासकिय अधिकृत हेरफेर भएका हुन् ।  बिर्तामोड नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा गणेशप्रसाद दाहाल आएका छन् । यसअघि बिर्तामोड आउन इच्छाएका रतुवामाई नगरपालिकाका राजेन्द्र भट्टराई र गौरादह नगरपालिकाका खेम ओझा भने अन्यत्र सरुवा भएका छन् । प्रदेश नं १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरबाट दाहाल बिर्तामोडमा आएका हुन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ ३० गते सरुवा सम्बन्धी निर्णय गरेको थियाे। यसअघि बिर्तामोड आउन इच्छा ब्यक्त गरेका राजेन्द्र भट्टराई र खेम ओझा एकअर्काको नगरपालिकामा साटिएका छन् । गौरादह नगरपालिकाका  ओझा मोरङको रतुवामाई नगरपालिका र भट्टराई गौरादह नगरपालिका सरुवा भएका हुन् ।

त्यस्तै अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेल सरुवा भएर प्रदेश नं १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगर पुगेका छन् । उनको ठाउँमा मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याङ आउने भएका छन् । मेचीनगरमा भने इलामको माई नगरपालिकामा रहेका दिनानाथ लम्साल आउने भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ ३० गते ९ जना उपसचिवहरुको सरुवाको निर्णय गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार