Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

घरघरमा दीप प्रज्वलन गर्न सूर्योदय नगरपालिकाको आह्वान

घरघरमा दीप प्रज्वलन गर्न सूर्योदय नगरपालिकाको आह्वान

  • सन्देश सम्वाददाता
  • शुक्रबार, असोज २ २०७७


घरघरमा दीप प्रज्वलन गर्न सूर्योदय नगरपालिकाको आह्वान

फिक्कलः संविधान दिवस—२०७७ को अवसरमा सूर्योदय नगरपालिकाले असोज २ गतेबाट ४ गते सम्म दीप प्रज्वलन गर्न आह्वान गरेको छ । नगरपालिकाले नगर क्षेत्रभित्र रहेका सरकारी कार्यालय,संघ,संस्था,विद्यालय र सम्पुर्ण नागरिकको घरघरमा दीप प्रज्वलन र राष्ट्रिय झण्डातोलन गर्ने निर्णय गरेको हो ।

साथै नगरभित्रका सम्पुर्ण मन्दिर,बुद्धविहार,मस्जिद,चर्ज एवम् गुरुद्धवार लगायतका धार्मिक स्थलहरुमा नित्य पुजा तथा प्रार्थना गर्ने गराउने समेत निर्णय गरेको संविधान दिवस आयोजक समितिका संयोजक पेमा उगेन लामाले जानकारी दिए ।

म्याराथुन दौड प्रतियोगिताको आयोजनाः
संविधान दिवस आयोजक समितिद्धारा म्याराथुन दौड प्रतियोगिता संचालन गरिने भएको छ । असोज ३ गते आयोजना गरिएको प्रतियोगितामा खुल्ला समुह तर्फ ३५ बर्षसम्म , महिला समुह र भ्याट्रन समुहको खेल संचालन हुने छ । संयोजक लामाका अनसुार उक्त कार्यक्रममा जनप्रतिनिधि र कर्मचारीको उपस्थिति भने अनिवार्य गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार