Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

मेस्सीको प्रतिबन्ध फुकुवा : विश्वकप छनौटको खेलमा सहभागि हुन पाउने

मेस्सीको प्रतिबन्ध फुकुवा : विश्वकप छनौटको खेलमा सहभागि हुन पाउने

  • सन्देश सम्वाददाता
  • शुक्रबार, भाद्र २६ २०७७


मेस्सीको प्रतिबन्ध फुकुवा : विश्वकप छनौटको खेलमा सहभागि हुन पाउने

इलाम । अर्जेन्टिनी फुटबल टोलीका कप्तान लियोनेल मेस्सी अर्को महिना हुने विश्वकप छनौट अन्र्तगतको खेलमा सहभागि हुन पाउने भएका छन् । अर्जेन्टिनी फुटबल संघका अध्यक्ष क्लाउडियो तापिआले मेस्सीको प्रतिबन्ध अवधि पुरा भएकाले विश्वकप छनौटमा सहभागि हुने जनाए । क्लाउडिपोले विश्वकप छनोटको इक्वेडर र बोलिभियाविरुद्ध खेलमा प्रतिबन्धको हद पार भइसकेको जनाउँदै मेस्सीले खेल्न पाउनुपर्ने दक्षिण अमेरिकी फुटबल महासंघ (कोनेबल) समक्ष अपिल गरेका थिए ।

कोनाम्बेलले अपिलको अध्ययन गर्दै मेस्सीको प्रतिबन्ध फुकुवा भएको जानकारी दिएको छ । गत वर्ष जुलाईमा भएको कोपा अमेरिकाको दौरान मेस्सी प्रतिबन्धमा परेका थिए । चिलीविरुद्ध तेश्रो स्थानका लागि भएको खेलमा मेस्सी र चिलीका कप्तान ग्यारी मेडेलबीच वादविवाद हुँदा रेफ्रीले दुवै खेलाडीलाई रातो कार्ड देखाएका थिए । मेडेलले मेस्सीलाई छातीले धकेलेपछि विवाद भएको थियो । त्यसपछि मुख्य रेफ्री माउरियो डियाज डि भिभारले रातो कार्ड दिँदै दुवै कप्तानलाई मैदान बाहिर पठाए । .

चिलीविरुद्धको २–१ गोल अन्तरको जितपछि मेस्सी टिमका अन्य साथीहरुसँग तेश्रो स्थानको मेडल लिन समेत गएनन् । सेमिफाइनलमा ब्राजिलसँग पराजित भएपछि अफिसियलहरुको कडा आलोचनाका गरेकैले आफूलाई रातो कार्ड देखाएको बताएका थिए । उनले कोपा अमेरिकाको उपाधि ‘ब्राजिलकै लागि फिक्स’ गरिएको विवादास्पद टिप्पणी गरेपछि कोनेबलले उनलाई एक खेल प्रतिबन्धको कारबाही गरेको थियो ।

गत वर्ष नोभेम्बरमा ब्राजिल र उरुग्वेसँग मैत्रीपूर्ण खेल खेल्दा पनि मेस्सी टिम सहभागि थिए । ब्राजिल विरुद्धको जितमा उनले निर्णायक गोल गरेका थिए । उरुग्बे विरुद्ध २–२ गोलको बराबरीमा भएको खेलमा मेस्सीले इन्जुरी समयमा गोल गर्दै हार टारेका थिए । यदपी प्रतिबन्ध आधिकारिक खेलको लागि रहेको कोनेबलले जनाएको छ । कोरोना भाइरसका कारण २०२० मा कुनै अन्तर्राष्ट्रिय खेल हुन नसक्दा मेस्सीले प्रतिबन्ध भोग्ने खेल आयोजना नै हुन सकेन । तापिआलेका अनुसार मेस्सीले प्रतिबन्ध अवधि पार गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार