Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

एकै घरका ११ जनामा कोरोना संक्रमण

एकै घरका ११ जनामा कोरोना संक्रमण

  • सन्देश सम्वाददाता
  • बिहिबार, भाद्र २५ २०७७


एकै घरका ११ जनामा कोरोना संक्रमण

झापा । पछिल्लो समय समुदायमा फैलिएर उग्ररुप लिएको कोरोनाले कनकाईमा कोरोना कहर एक घरमा नराम्ररी फैलिएको छ ।कनकाई ३ को एक घरमा घरका सबै सदस्य ११ जनामानै कोरोना संक्रमण फैलिएको छ । एक्कै घरमा यत्रो सङ्ख्यामा कोरोना भेटिएको सम्भवत झापामै पहिलो घटना भएको कनकाई नगरपालिका कोरोना सूचना तथा संचार समितिका सदस्य लक्ष्मी अधिकारीले बताए ।

उक्त घरमा १४ बर्षको नातीदेखि ८४ बर्षकी हजुरआमासम्मलाई कोरोना पुष्टि भएको छ । घरमा सबैलाई कोरोना संक्रमण लागेपछि कनकाई नगरपालिकाले घरमै खाद्यान्न र अस्पतालमा रहेका लागि आवश्यक सामाग्री प्रदान गरेको छ । उक्त घरमा मात्रै नभएर कनकाई ३ को गाउँमा नै कोरोना संक्रमण फैलिएको छ ।

कनकाई नगरपालिकामा हालसम्म ४८ जनामा कोरोना संक्रमण देखिसकेको छ भने हालपनि पछिल्लोचोटी दुई दिनसम्म लगिएको स्वाबको रिपोर्ट आउन बाकी छ ।हाल कनकाई नगरपालिकाको सबै स्वाब कोटीहोमस्थित पिसिआर मेशिनमा चेक गरिएको कारण रिपोर्ट आउन ढिलाई भएको हो ।

कनकाईमै चेक गरे पनि त्यसलाई पुनः चेकका लागि स्वाब धरान पनि पठाउनुपर्ने हुँदा परीक्षणको रिपोर्ट आउन ढिलाई भइरहेको कनकाई नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । रिपोर्ट आउन ढिलाई भए पनि स्वाब लिइएकाहरुलाई घरमै सुरक्षित राखिएको स्वास्थ्य शाखाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार