सन्दकपुर । १७ औ निजामती कर्मचारी दिवसको अवसरमा सन्दकपुर गाउँपालिकाले उत्कृष्ट कर्मचारीलाई नगद सहित सम्मानित गरेको छ । गाउँपालिकाले सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाका कर्मचारी महेश दाहाललाई नगद ५० हजार सहित सम्मानपत्र र खदाले सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष उदयबहादुर राईले दाहाललाई नगद सहित सम्मानपत्र प्रदान गरे ।
दिवसकाे अवसरमा गाउँपालिका जाने बाटो र वडा कार्यालय वरपर सरसफाई गरिएको छ । सधैका बर्ष निजामती दिवसको अवसरमा कर्मचारीहले बजार सरसफाइ गर्ने गरेपनि यस बर्ष कोरोना कहरका कारण गाउँपालिका आसपास र वडा कार्यालय आसपास सरसफाइ गरिएको प्रमुख प्रशासकिय अधिकृत महेश राईले बताए । कोरोनाका कारण सामाजिक दुरी राखेर दिवस मनाइएको हो । कार्यक्रम प्रमुख प्रशासकिय अधिकृत राईको अध्यक्षतामा भएको थियो ।

