Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

प्रेस संगठन इलामले दियो क्रियाशिल पत्रकारलाई पिपिई र गगल्स

प्रेस संगठन इलामले दियो क्रियाशिल पत्रकारलाई पिपिई र गगल्स

  • सन्देश सम्वाददाता
  • आइतबार, भाद्र १४ २०७७


प्रेस संगठन इलामले दियो क्रियाशिल पत्रकारलाई पिपिई र गगल्स

इलाम । कोभिड–१९ जोखिम बढेको भन्दै फिल्डमा खटिने इलामका पत्रकारहरुलाई प्रेस संगठनले पिपिई (व्यक्तिगत सुरक्षा सामाग्री) बितरण गरेकाे छ । जिल्ला सदरमुकाममा रहेर पत्रकारिता गर्ने क्रियाशिल पत्रकार र मिडिया हाउसलाई प्रेस संगठन नेपाल इलाम शाखाले एक कार्यक्रमको आयोजना गरी पिपिई उपलब्ध गराएको हो ।

पूर्व प्रधानमन्त्री तथा इलाम क्षेत्र नं १ का संघीय सांसद झलनाथ खनालले पत्रकार र संचारमाध्यमका लागि भनेर २५ थान पिपिई र गगल्स उपलब्ध गराएका थिए । जस अनुरुप सदरमुकाममा कार्यरत १६ जना पत्रकारलाई पिपिई वितरण गरिएको हो । सदरमुकाम बाहिर रहेर रिर्पोटिङ गर्ने पत्रकारलाई साेमबार पिपिई वितरण गरिने संगठनका इलाम संयोजक सुजन तिमसिनाले जानकारी दिए । कोभिड-१९ रिर्पोटिङमा खटिने पत्रकारहरुको सुरक्षालाई ध्यानमा राखेर पिपिई उपलब्ध गराइएको हो ।

अस्पतालमा संक्रमितहरुको वास्तवीकता र स्वास्थ्यकर्मीको समस्या बाहिर ल्याउन फिल्डमै गएर रीपोर्टिङ गर्न पिपिईले मद्धत पुग्ने अपेक्षा लिइएको छ । खनालले इलाम निर्वाचन क्षेत्र नम्बर १ लगायतका विभिन्न स्थानीय तहमा ८ सय थान पीपीई र १५ सय थान गगल्स वितरण गरेका छन । विश्वभर फैलिएको कोरोना महामारीबाट जोगिन अग्रभागमा खटिने पत्रकारलाई उनले स्वास्थ्य सामग्री उपलबध गराएका हुन ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालले जिल्लामा कोरोनाको संक्रमण बढदै जाँदा इलामेली पत्रकारहरु आफै सुरक्षित रुपमा कार्य गरिरहनु आफैमा उत्कृष्ट कार्य भएको बताए । कोरोनाको कहरको समयमा कलम निष्पक्ष ढंगले चलाउँदै जनतालाई सचेत गराउने मुख्य दायित्व पत्रकारको रहेको कारण दबाबमा नपरी निष्पक्ष रुपमा समाचार सम्प्रेण गर्नुपर्ने बताए ।

उनले तीन तहका सरकारबाट भएका कमीकमजोरीलाई समाचारको माध्यमबाट जनमानसमा ल्याएर वाच डगको रुपमा आफुलाई उभ्याउन कुनै पनि कसर बाँकी नराख्न आग्रह गरे । उनले आग्रह पुर्वाग्रह नराखि सत्य र तथ्य समाचार सम्प्रेषण गर्नु मुल दायित्व रहेकाले त्यसलाई अनुसरण गर्दै अघि बढ्नका निम्ति सबै एकजुट हुनुपर्ने बताए ।

नेपाल कम्युनिष्ट पार्टीका कार्यालय सचिव नवराज शंकरले कोरोनाको कहरको समय नेकपासंग आस्था राख्ने प्रेस संंगठनको कार्य सराहनिय भएको बताए । उनले कोरोना सुरु भएसंगै संगठनले पत्रकारहरुको सुरक्षामा नेतृत्वदायी भुमिका खेल्नुका साथै पत्रकार सुरक्षाका निम्ति सहयोग गर्नु आफैमा सकारात्मक कार्य भएको बताए । पत्रकार र राजनितिक दल एक अर्काको परिपुरक भएको कारण कुनै पनि सहयोग आवश्यक परेको खण्ड नेकपाले खुलेर सहयोग गर्न तयार रहेको बताए ।


नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सटेन्द्र जवेगुले संचारक्षेत्र अहिलेको कोरोनाको महामारीको अवस्थामा संकट रहेकाले यसलाई सुदृढ गर्न एकजुट हुनुपर्ने बताए । उनले कोरोनाको कहरको समयमा अफ्ठयारो र संकटमा परेको पत्रकार निम्ति ध्यान पु¥याएको भन्दै पुर्व प्रधानमन्त्री खनाललाई धन्यवाद ज्ञापन गरे । अहिले मुलुक आफै संकटमा रहेको अवस्था पत्रकारहरुले समेत सगजता अपनाएर काम गनुपर्ने जवेगुले बताए ।

नेपाल पत्रकार महासंघका प्रदेश उपाध्यक्ष सोम सुसेलीले कोरोनाको महामारीको अवस्थामा फ्रन्ट लाइनमा जाने पत्रकारहरुलाई पुर्व प्रधानमन्त्री झलनाथ खनालले राजनितिक पुर्वाग्रह नराखी स्वास्थ्य सामाग्री दिने काम सराहनिय भएको बताए । उनले अहिलेको संक्रमणको अवस्थामा आत्मसुरक्षा र सावधानीका साथ पत्रकारहरुले आफनो कर्तव्य पालनका निम्ति तयार रहन आग्रह गरे । पत्रकार र संचारमाध्यमका निम्ति सुरक्षा सामाग्रीको निम्ति प्रेस संगठनले पहल गरेकोमा सुसेलीले धन्यवाद दिए ।

कार्यक्रम समापन गर्दै प्रेस संगठनका अध्यक्ष सुजन तिमसिनाले राजनितिक पुर्वाग्रहन नराखि एक मिडिया कम्तीमा एक पिपिईका दरले वितरण गरिएको बताए । उनले कोरोनको कहर सुरु भएसंगै संगठन पत्रकारको सारथी भएर उभिएकोले आगामी दिनमा पनि पत्रकारहरुको हितका निम्ति सक्ने सहयोगका लागि तत्पर रहने बताए ।

कोभिडको कहरले विश्व आक्रान्त भएको अवस्थामा इलामेली मिडिया समेत संचालनका निम्ति कठिन रहेकाले सबै तह र तप्काबाट सहयोगको अपेक्षा रहेको बताए । उनले पत्रकार महासंघका केन्द्रिय सदस्य, प्रदेश उपाध्यक्ष, जिल्ला समितिले मिडियालाई पुरानै अवस्थामा फर्काउन तिनै तहका सरकारसंग समन्वयका निम्ति पहल गर्नुपर्ने बताए ।

खनालले पठाएकाे स्वास्थ्य सामाग्री सूर्योदय नगरपालिका वडा नं १० का अध्यक्ष पेमा उगेन लामाले काठमाण्डौबाट इलामसम्म ल्याएका थिए । सूर्योदय नगर प्रमुख रणबहादुर राईले खनालले पठाएको सामाग्री संगठनका संयोजक तिमसिनालाई हस्तान्तरण गरेका थिए । प्रेस संगठनले यसअघि संचारगृह र संचारकर्मीलाई सर्जिकल माक्स र सेनिटाइजर वितरण गरेको थियो

प्रतिक्रिया
सम्बन्धित समाचार