Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

चुरे क्षेत्रमा फस्टाउँदै केरा खेती

चुरे क्षेत्रमा फस्टाउँदै केरा खेती

  • सन्देश सम्वाददाता
  • आइतबार, भाद्र १४ २०७७


चुरे क्षेत्रमा फस्टाउँदै केरा खेती

फिक्कल । इलामको चुरे क्षेत्रका बासिन्दा केरा खेतीतर्फ आकर्षित भएका छन् । केही वर्ष अघि सम्म सिँचाई अभावमा जमिन बाझैँ राख्ने इलामको माई नगरपालिका–५ का स्थानीयले अहिले भने केरा खेतीलाई आम्दानीको मुख्य स्रोत बनाएका छन् । पानी अभावले एक दशक अघिसम्म इलामको माई नगरपालिकाको विभिन्न क्षेत्रको जमिन बाझैँ हुन्थ्ये । पाखो र भिरालो बारीका डिलमा घरायसी प्रयोजनका लागि केरा लगाउने गरिएको थियो ।

केही वर्षदेखी बजारको समेत राम्रो सम्भावना हुन थालेपछि स्थानीयले केरा खेती व्यवसायीक रुपमै गर्न थालेका हुन् । हाल चुरे क्षेत्रमा पर्ने दानाबारी, महमाई, चिसापानी, साक्फारा, बाँझो तल्लो भाग, रोङ गाउँपालिका लगायतका क्षेत्रमा केरा खेती हुँदै आएका छन् । यस क्षेत्रका १ हजार बढी किसानहरुले केरा खेती गर्ने गरेका छन् । यस क्षेत्रमा उत्पादित केरा झापाका बजार हुँदै काठमाण्डौसम्म पुग्ने गरेका छन । माई नगरपालिका–४ कालीखोलाको केरा राजधानीमा पनि लोकप्रिय बनेको छ ।

केरा खेती गर्दा आम्दानी साथसाथै अन्य बोटविरुवाको संरक्षण समेत हुने भएकाले किसानहरूमा केरा खेतीमा आर्कषण बढदै गएपनि मलजल र प्राविधिक सेवा नपाउँदा भने जस्तो आम्दानी लिन नसकेको किसान बिशाल आर्चाय बताउँछन । उनीहरुले स्थानीय जातका लाल, भण्डारी, घिउँ केरा र उन्नत जातको सिंगापुरीया केरा लगाएका छन् । केरासँगै बहुतले खेतीका रुपमा सुपारी खेती समेत गर्न सकिने भएपछि स्थानीय भने झनैँ हौसिएका छन् । ‘सामान्य घरायसी प्रयोजनका लागि बारीमा रोप्ने गरिएको थियो ।’ स्थानीय कृषक बिशाल आर्चायले भने ‘अहिले त यो क्षेत्रमा सबैले आफ्नो बारीमा केरा लगाएका छन् ।’ स्थानीयले उत्पादन गरेको केराले समेत राम्रो बजार पाएको छ । किसानले उत्पादन गरेको केरा खरिद गर्न व्यापारी बारीमै पुग्छन् ।

पानी पर्याप्त नभएका झोडा क्षेत्रमा जङ्गल सरह केराका बगान भेटिन्छन् । केराखेतीलाई पानीे समेत त्यत्ति आवश्यक नपर्ने भएकाले उपयोगमा आउन नसकेको जमिनमा खेती गरेर किसानले आम्दानी लिने गरेका छन । यहाँको केराले तराईका शहरमा पनि बजार पाउने गरेका छन् । पछिल्लो समयमा झापाको खुदुनाबारीबाट माई नगरपालिकाको शुक्रबारे बजारसम्मको सडक ग्राभेल भएपछि नियमित सवारीसाधन चल्न थालेकाले उत्पादन राजधानी र तराईका बजारमा पु¥याउन सहज भएको छ ।

स्थानीय नीजि बगानमा रहेका केरा झापाका व्यापारीले बगानमा घरीको ५० देखी २ सय रुपैयासम्ममा खरिद गरी बजारमा लगेर ५ सय रुपैयाभन्दा बढीमा विक्री गर्ने गरेका छन । राम्रो मूल्य नपाउने किसानले साइकल वा ट्रयाक्टरमा राखेर सोझै सङ्कलन केन्द्रमा पु¥याउने गरेका छन् । इलामको २५ हेक्टर बढी क्षेत्रफलमा गरिने केरा खेतीबाट २६० मेटि«क टन उत्पादन भन्दा बढि उत्पादन हुने गरेको छ । जसको बजार मुल्य १ करोड रुपैया भन्दा बढि हुन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार