इलाम। इलाम सहित पूर्वी पहाडी जिल्लाका किसान यतिखेर अलैंची टिप्न थालेका छन् । इलामका किसानले भदौको पहिलो साताबाटै अलैंची टिप्न थालेका छन् । खोल्साको सुनको उपामा पाएको अलैंची टिप्ने चटारो किसानलाई परेको छ । दिनभर अलैंची टिप्न व्यस्त हुने कृषकहरु रातमा अलैची छोडाउन व्यस्त हुन्छन् । किसानले राति अलैंची छोडाउने र भट्टिमा सुकाउने गर्दछन् ।
अलैंचीको उत्पादन सुरु भएपछि इलाम सहित अलैंची खेती गर्दै आएका पूर्वी पहाडका किसानलाई दशैं तिहार सम्मै अलैची टिप्न भ्याइ नभ्याइ हुने गरेको छ । अलैंची पाक्न नपाउँदै चरा मुसाले खाने भएकाले पहाडी क्षेत्रका समथर भु–भागमा टिपाइको सिजन शुरु भएको हो ।
आम्दानीको श्रोत अलैची भएकाले किसानल दशैं अगावै नसुकाईकन बिक्रि गरेर घर खर्च टार्ने गरेका छन् । प्राय अलैचीको खरिद बिक्रि दशैं तिहारपछि बिक्रि हुने गरेको छ ।
इलाम सहित पूर्वी पहाडी जिल्लाका किसान यतिखेर अलैंची टिप्न थालेको अलैची विकास केन्द्र पदम अधिकारीले बताए । इलामका किसानले भदौको पहिलो साताबाटै अलैंची टिप्न थालेको केन्द्रले जनाएको छ । सबैतिर अलैंची टिप्ने चटारो किसानलाई परेको रोङ गाउँपालिका ३ मार्सेका किसान गुणराज लुइटेलले बताए । दिनभर अलैंची टिप्न व्यस्त हुने कृषकहरु रातमा पनि जाग्राम नै हुने गरेका छन् । राति अलैंची छोडाउने काम गर्दछन् ।

अलैंचीको उच्पादन सुरु भएपछि इलाम सहित अलैंची खेती गर्दै आएका पूर्वी पहाडका किसानलाई दशैं तिहार सम्मै भ्याइ नभ्याइ हुने गरेको कृषकहरु बताउँछन् । अलैंची पाक्न नपाउँदै चरा मुसाले खाने भएकाले टिपाइमा ढिला गर्न नहुने रोङ गाउँपालिकाका पत्रकार गणेश अर्यालले बताए । ‘अलैंचीको सिजनमा बगानबाटै जंगली जनावरले खाने खतरासमेत बढी हुन्छ’ अर्याल भन्छन् ‘बर्षेनि अलैंची पाक्न नपाउँदै जंगली जनावरले खाने क्रम बढिरहेकोले अलैंची टिपाई धमाधम भइरहेको छ ।’ कतिपय कृषकले दशैं अगावै काँचै नसुकाईकन बिक्रि गरेर घरखर्च टार्ने गरेका छन् भने कतिपयले दशैं तिहारपछि बिक्रि गर्ने गरेका छन् । बढिजसो अलैंची उत्पादन गर्ने कृषकले दसैं सकिए लगत्तै कमाई भित्राउन व्यस्त हुने गरेको अलैची विकास केन्द्रले जनाएको छ ।

अलैंची टिप्ने चटारोले घरमा आउने–जानेसँग गफगाफ गर्ने फुर्सद समेत हुन छाडेको कृषकहरु बताउँछन् । जिल्लामा कतै टिप्न कतै भट्टी लगाउन व्यस्त छन् । एकातिर यतिबेला चाडपर्व शुरु भइसकेको छ भने अर्कोतिर गाउँघरमा खेताला समेत पाउन मुक्किल पर्दै गएको किसान गुणराज लुइटेलको भनाइ छ । त्यसैलै बर्षेनि खेतालाको ज्याला बढ्दो छ । ज्यालामा एकरूपता छैन । यो बेला अलैंची टिप्न सीप हुनेले राम्रो आम्दानी गर्छन् । अलैंची टिप्न ढिलाइ गरे बोट र फल दुवै बिग्रने भएकाले ज्याला धेरै दिएर भएपनि टिप्न लगाउनुपर्ने वाध्यता रहेको कृषकहरु बताउँछन् ।
अलैंचीको भाउ कुनै समय प्रतिमन एकलाख २० हजार पुगेको थियो भने अहिले प्रतिमन २५÷३० हजार रुपैंयाँको हाराहारीमा छ । अलैचीको भाउ घटबढ भइरहन्छ । जिल्लामा १ हजार ६ सय हेक्टरमा अलैंची खेती गरिएको छ । वार्षिक ५ सय ५८ मेट्रिक टन उत्पादन हुने अलैंचीबाट १ अर्ब ५ करोड आम्दानी हुन्छ । यो वर्ष उत्पादन बढ्ने कृषकको भनाइ छ ।