Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

धमाधम निर्माण हुँदै लामिटार प्रहरी चौकी

धमाधम निर्माण हुँदै लामिटार प्रहरी चौकी

  • सन्देश सम्वाददाता
  • सोमबार, भाद्र ८ २०७७


धमाधम निर्माण हुँदै लामिटार प्रहरी चौकी

माङसेबुङ । इलामको पश्चिमी स्थानीय तह माङसेबुङ गाउँपालिका–३ बाँझोमा रहेको लामिटार प्रहरी चौकी धमाधम निर्माण हुँदै छ । प्रदेश नंम्वर एक सरकार अन्तरगत शहरी बिकास तथा भवन कार्यालय इलाम मातहतमा लामिटारमा निर्माण हुँदै गरेको सुविधा सम्पन्न प्रहरी चौकीको काम करिब ७५ प्रतिशत सम्पन्न भएको हो ।  १ बर्षमा सम्पन्न गर्ने गरी २०७६ साल असार ४ गते सम्झौता भई निर्माण थालिएको प्रहरी चौकी कोरोना र बर्खाकाे समयमा निर्माण आपुर्तिमा असहजताका कारण तोकिएको मितिमा सम्पन्न हुन नसकेको कार्यालयका प्राविधिक प्रशान्त देवानले जानकारी दिए ।

उनका अनुसार भवन निर्माणको म्याद सरकारले ७ महिना थप गरेको छ । ‘एक तर्फ कोरोनाका कारण लामो समयसम्म निर्माण कार्य रोकियो । अर्को तर्फ झापाको दमकबाट आपुर्ति गर्नुपर्ने हुन्छ । बर्खाको समयमा खोलाबाढीका कारण सामाग्रीहरु ल्याउन कठिन भयो ।’ देवानले भने अढाई तले भवनमा तल्लो तलामा मेस सहित कुरुवा प्रहरी बस्ने बिट, २ वटा एटेच लकअप रुम र इन्र्चाजको कार्यालय रहनेछ ।

दोश्रो तलमा महिला र पूरुष प्रहरी बस्ने छुट्टा छुट्टै कोठा रहनेछ ।  चौकीको माथिल्लो भागमा इन्र्चाजको क्वाटर रहने देवानले जानकारी दिए । प्रहरी चौकी भगवती निर्माण सेवा इलामले टेन्डर पारेर काम थालेको हो । प्रहरी चौकी निर्माण सम्पन्न भएपछि गाउँपालिकाको ३ वडाका करिब १५ सय घर परिवारले सुरक्षाको अनुभत गर्न पाउने उपाध्यक्ष सुनिता सुब्बाले जानकारी दिइन् । वडा नं ४ र ५ मा प्रहरी चौकी नभएकाले लामिटार प्रहरी चौकीले नै सुरक्षा दिने उनले बताइन् । यसअघि स्थानीयको सहयोगमा पुरानो घरमा चौकी बसेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार