Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

४ करोड भन्दा बढिको लागतमा इलाममा फनपार्क तथा चिल्ड्रेन पार्क निर्माण गरिदै

४ करोड भन्दा बढिको लागतमा इलाममा फनपार्क तथा चिल्ड्रेन पार्क निर्माण गरिदै

  • सन्देश सम्वाददाता
  • शुक्रबार, भाद्र ५ २०७७


४ करोड भन्दा बढिको लागतमा इलाममा फनपार्क तथा चिल्ड्रेन पार्क निर्माण गरिदै

इलाम : इलाम नगरपालिकामा ४ करोड ४४ लाख भन्दा बढि लागतमा निर्माण हुने फनपार्क तथा चिल्ड्रेन पार्कको शिलान्यास गरिएको छ । आर्दश माध्यमिक विद्यालयको ३ रोपनी ३ पैसा जग्गामा ४ करोड ४४ लाख ७३ हजार ३७६ रुपैयाको लागतमा निर्माण सम्पन्न गरिने पार्कको नगर प्रमुख महेश बस्नेत र उपप्रमुख शुसिला नेम्वाङले शिलान्यास गरिन् ।

नगर विकास कोषको ३ करोड ३५ लाख ३० हजार ( ७० प्रतिशत) ऋण लगानी र नगरपालिकाको १ करोड ४३ लाख ७० हजार रुपैयाको लागतमा पार्क निर्माण सम्पन्न हुनेछ । आगामी चैत्र ३० गतेसम्ममा सम्पन्न गनुपर्ने पार्क किरातेश्वर÷शंकर जेभीले ठेक्का पारेर निर्माण सुरु गरेको छ ।  पार्क निर्माणको लागि नगरपालिकाले २०७५ साल चैत्र २८ गते आर्दश माध्यमिक विद्यालयसंग सम्झौता गरेको थियो ।

२०७६ साल मंसिर १४ गतेको कार्यपालिकाको बैठकबाट पार्कको डिपिआर स्विकृत गरिएको थियो ।  नगर विकास कोषसंग भ्याट सहित ४ करोड ६९ लाख रुपैयाको ऋण सम्झौता भएको छ । कोषबाट ८ प्रतिशत ब्याजदरमा २ बर्ष सहुलियत अवधि सहित २० बर्षसम्म तिनुपर्ने सर्त रहेको छ ।

२०७६ पुष १३ गते गरिएको ऋण सम्झौता आगामी २०९६ साल पौष १३ गते २० बर्ष पुग्ने जनाइएको छ । सम्झौतामा इलाम नगरपालिकाले प्रत्येक ६–६ महिनामा साबा र ब्याज भुक्तानी गर्नुपर्ने हुन्छ । पहिलो किस्तामा १० लाख ३ हजार साँवा र १४ लाख ४४ हजार ब्याज भुक्तानी गर्नुपर्ने हुन्छ । ३६ किस्तामा सम्पन्न हुने ऋणको ब्याज ४० हजार रुपैया तिर्नुपर्ने जनाइएको छ ।

पार्क संचालनका लागि प्रति बर्ष २७ लाख ५८ हजार खर्च हुने अनुमान गरिएको छ । त्यसैगरी प्रति बर्ष ४५ लाख ५६ हजार २५० रुपैया आम्दानी हुने नगरले जनाएको छ । ५ बर्षसम्म नगरले पार्क संचालन गरेर त्यसपछि विद्यालयको मातहतबाट संचालन हुनेछ । विद्यालयको स्वामित्वमा आएपछि पार्क संचालनका लागि आवश्यक खर्च आफै व्यर्होनुपर्ने हुन्छ ।

पार्कमा रेस्ट रुम, किचन रुम, क्याफे, मिनि रेल, फ्लाइङ कार, रोटे पिङ सहित विभिन्न प्रकारका खेलौनाहरु समावेश गरिनेछ । पार्कमा बालबालिकाको लागि मात्र नभई युवा र जेष्ठ नागरिकहरुलाई समेत लक्षित गरि विभिन्न प्रकारका सेवा सुविधाहरु निर्माण हुने नगरपालिकका कर्मचारी हेमराज ढकालले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार