माईजोगमाई : इलामको माईजोगमाई गाउँपालिका ६ प्याङका १३ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । प्याङ प्रथमिक स्वाथ्य केन्द्रमा कोरोनाको लक्षणसँग मिल्ने विरामी र उनको उपचारमा संलग्न स्वास्थ्यकर्मीसहित १३ जनाको स्वाव संकलन गरि पठाइएको थियो । स्वाव पठाइएका सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएको प्याङ प्राथमिक स्वाथ्य केन्द्रका अहेब दिलिप उर्बले जानकारी दिए ।
केही दिन अगाडि झापाबाट आएका एक स्थानीयको १ सय ४ डिग्रीभन्दा बढी ज्वरो आएपछि प्याङ प्राथमिक स्वाथ्य केन्द्रमा उपचार गराइएको थियो । पछिल्लो समय सन्दकपुर गाउँपालिकामा कोरोना भाइरसको संक्रमित फेला परेसँगै प्याङ सीमाना भएकोले जोखिम बढेसँगै सजक रहन भन्दै प्राथमिक स्वाथ्य केन्द्र नजिक रहेको स्थानिय आइतबारे हटिया समेत अर्को सुचना जारी नभएसम्म बन्द गरेको छ ।