Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलामको करफोक क्वारेन्टाइनमा मृत्यु भएका व्यक्तिको पिसिआर रिपोर्ट नेगेटिभ

इलामको करफोक क्वारेन्टाइनमा मृत्यु भएका व्यक्तिको पिसिआर रिपोर्ट नेगेटिभ

  • सन्देश सम्बाददाता
  • सोमबार, भाद्र १ २०७७


इलामको करफोक क्वारेन्टाइनमा मृत्यु भएका व्यक्तिको पिसिआर रिपोर्ट नेगेटिभ

फिक्कल । सूर्योदय नगरपालिकाको करफोक विद्या मन्दिरमा रहेको क्वारेन्टाइनमा मृत्यु भएको युवकको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ। झापाको भद्रपुरस्थित मेची अञ्चल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मृतक युवकको पिसिआर रिपोर्ट नेगेटिभ आएको नगरपालिकाका कोभिड फोकल पर्सन विपुल अधिकारीले जानकारी दिए।

इलामको करफोक क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु

क्वारेन्टाइनमा बस्दै आएको सूर्योदय–९ का २२ वर्षका युवाको आइतबार राति मृत्यु भएको थियो। वडा नम्बर १० का अध्यक्ष पेमा उर्गेन लामाका अनुसार ती युवक गत साउन २६ मा भारतको हैदरबादबाट आएर क्वारेन्टाइनमा बसेका थिए। उनको साउन ३० मा स्वाब परीक्षणका लागि पठाइएको थियो। आइतबार बिरामी परेका उनको प्राथमिक स्वास्थ्य चौकीका चिकित्सकले क्वारेन्टाइनमा नै उपचार गराएका थिए। मृतकमा श्वास प्रश्वासको समस्या देखिएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार