इलाम । इलामकाे महेन्द्र रत्न बहुमुखी क्याम्पस (मरब) प्रमुख परिर्वतन भएका छन् । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदको निर्णय अनुसार क्याम्पस प्रमुखमा सह प्राध्यापक डा दिलनाथ (डिएन) फुयाँल नियुक्त भएका हुन् । फुयाँल विगत लामो समय देखि सहप्राध्यापकको रुपमा कार्यरत रहेका थिए । निर्वतमान क्याम्पस प्रमुख रामप्रसाद गुरगाई विगत लामो समयदेखि विवादमा रहँदै आएका थिए ।
उनको स्थानको फुयाँललाई नियुक्त गरिएको हो । क्याम्पसको प्रशासन संचालन गर्ने बिषयमा गर्ने एकलौटी निर्णय गर्दा आएको आरोप लाग्दै आएको छ । सताधारी पार्टी नेकपा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) विगतका बर्षहरु देखि नै गुरागाईंको राजिनामा माग गर्दै आएको थियो ।