इलाम । हाइड्रो मर्मत गर्न आएका कर्मचारीमा कोरोना देखिएपछि सिल गरिएको सन्दकपुर गाउँपालिकामा ५० जनाको स्वाब संकलन गरिएको छ । हाइड्रो पावरमा कार्यरत १० जना कर्मचारी सहित स्थानीयको गरी ५० को स्वाब संकलन गरि परिक्षणका लागि पठाइएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेश राईले बताए । त्यसैगरी इलाम नगरपालिका–२ पुवामझुवाका कोरोना संक्रमित शसस्त्र प्रहरीसंग सम्पर्कमा आएका ८ जना सहित ११५ जनाको स्वाब संकलन गरिएको छ ।
इलाम बजारमा व्युटिपालर व्यवसायी, सैलनु व्यवसायी, शसस्त्र प्रहरीका श्रीमती, एक जना थुनुवा र सन्दकपुरमा संक्रमण देखिएका हाइड्रोपावरका कर्मचारी बसेको होटलका मालिक, कामदार लगायतको स्वाब लिइएको स्वाथ्य कार्यालय इलामका कोभिड–१९ फोकल पर्सन बिमल बरालले जानकारी दिए । बिहिबार सूर्योदय नगरपालिकामा १७६ जनाको स्वाब संकलन गरिएको छ ।
हाइड्रो मर्मत गर्न आएका कर्मचारीमा कोरोना देखिएपछि सन्दकपुर गाउँपालिका सिल
फिक्कल, पशुपतीनगर र आइतबारेमा स्वाब लिइएको छ । आइतबारे घर भएका शसस्त्र प्रहरीमा कोरोना देखिएपछि उनीसंग सम्पर्कमा आएकाहरुको स्वाब लिइएको बरालले बताए । आज चुलाचुली गाउँपालिकाबाट स्वाब संकलन गरि पठाइएको ११ जनाको रिर्पोट नेगेटिभ आएको छ । झापासंग सिमा जोडिएको चुलाचुली गाउँपालिकामा हालसम्म कोरोनाको संक्रमण देखिएको छैन् ।