इलाम । उत्तरी इलामका गाउँलाई सदरमुकाम जोड्ने सडकमा पर्ने दुई वटा पुल निर्माणको काम अलपत्र परेको छ । ५ वर्ष अघि निर्माणको संझौता भएपनि ठेकदारको लापरवाहिका कारण पुल निर्माण अलपत्र परको हो । 
सदरमुकामबाट उत्तरी इलामका गाउँ जोड्ने खोलामा निर्माण शुरु भएका पुल अलपत्र परेका छन् । सन्दकपुर गाउँपालिका २ मा पर्ने राते र गिताङ्ग खोलाको पुल निर्माण अलपत्र परेको छ ।
पाँच वर्ष अघि सडक डिभिजन इलामबाट पुल निर्माणको संझौता भएपनि ठेकदारको लापरवाहिले निर्माणको काम अलपत्र छ । इलाम सदरमुकाम सन्दकपुर हुँदै पाँचथरको च्याङ्थापु सडकमा पर्ने खोलामा पुल निर्माण सक्नुपर्ने म्याद गुज्रेको तीन वर्ष बितेपनि अझै निर्माण नहुदा जनताले सास्ति भोग्नु परेको सन्दकपुर गाउँपालिका २ का अध्यक्ष गिरिराज खनालले बताए । अलपत्र पुल निर्माण

सम्पन्नका लागि ठेकदारलाई नियमित पत्राचार गरेपनि काम नगरेकाले ठेक्का तोड्ने तयारी भएको सडक डिभिजन इलामका प्रमुख अभिमान मुल्मिले बताए ।
राते खोलाको पुल निर्माणका लागि आर्थिक वर्ष ०७२÷०७३ मा सिवाको बस्नेत निर्माण कम्पनीसँगै संझौता भएको थियो । चार करोड बढीमा संझौता भएको पुलको निर्माणको प्रगति ३० प्रतिशत मात्रै छ । त्यस्तै गिताङ्ग खोलामा पुल निर्माण गर्न नागाजुङ्ग कम्पनीले ३ करोड ५७ लाखमा संझौता गरेको थियो ।

आर्थिक वर्ष ०७३÷ ०७४ मा निर्माणको संझौता भएपनि म्याद सकिएको तीन वर्ष पछि पनि प्रगति ९० प्रतिशत मात्रै छ । अलपत्र पुल निर्माणका लागि सडक डिभिजन इलामलाई निरन्तर अनुरोध गरिएको गाउँपालिका अध्यक्ष उदय राईले बताए ।