इलाम । इलाममा शुक्रबार थप पाँच जना शसस्त्र प्रहरीमा कोरोना संक्रमण देखिएको छ । इलाम सदरमुकाम स्थित सशस्त्र प्रहरीको एक नम्बर गणका पाँच जना सशस्त्र प्रहरीमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय इलामका कोभिड १९ फोकल पर्सन बिमल बरालले बताए ।गत ११ गते ३२ जनाको स्वाब संकलन गरिएकोमा ५ जनाको रिपोर्ट पोजेटिभ आएको बरालले बताए ।
आज थपिएका नयाँ संक्रमितसँगै सशस्त्र प्रहरीका १० जना संक्रमित भएका छ्न । यसअघि साउन ११ गते ५ जनामा कोरोनाको संक्रमण देखिएको थियो । उनीहरु हाल उपचाररत छन् । शुक्रबारसम्म इलाममा संक्रमितको संख्या ४० पुगेको छ । निको भएर २४ जना घर फर्किएका छ्न ।