नयाँबजार । सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वार्टर नम्बर १ इलाममा कार्यरत ३५ बर्षिय शसस्त्र प्रहरी जवानलाई कोरोना देखिएपछि उनका परिवार सहित अन्यको स्वाब संकलन गरिएको छ । इलामको माईजोगमाई–४ का स्थायी बासिन्दा जवानमा कोरोनाको लक्षणपछि ६ जना परिवारसहित कन्टयाक ट्रेसिङमा देखिएका २५ जनाको स्वाब संकलन गरिएको माईजोगमाई गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राम शंकर देवले जानकारी दिए ।
शसस्त्रका जवान गत असार २७ गते बिदामा घर आएका थिए । उनी २९ गते कार्यस्थल फर्किएपछि साउन ८ गते पिसिआर टेस्ट गरिएको थियो । साउन ११ गते आइतबार उनी सहित ५ जना शसस्त्र प्रहरीमा कोरोना देखिएको थियो । गाउँपालिकालाई अहिले नै सिल नगरिएपनि स्वाब संकलन गरिएकाहरुको रिर्पोट पोजेटिभ आएमा सिल गर्न सकिने नामसालिङ प्रहरी चौकी इन्र्चाज टेकबहादुर गिरीले सन्देशकर्मीलाई जानकारी दिए ।