Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

इलाममा आज १ निको भए १ थपिए

इलाममा आज १ निको भए १ थपिए

  • डाइमन्ड तिम्सिना
  • शनिबार, साउन ३ २०७७


इलाममा आज १ निको भए १ थपिए

इलाम । इलाममा आज एक जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । भारतको बेङलोरबाट आएका रोङ गाउँपालिका वडा नं ६ जिर्मलेका २२ बर्षिय युवक कोरोनाको संक्रमणबाट मुक्त भएका हुन् । कुटिडाँडामा रहेको शान्ति निकेतन माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका उनको २१ गते स्वाब संकलन गरिएको थियो । कोरोनाबाट मुक्त भएका उनलाई वडाध्यक्ष, सुरक्षा निकाय तथा स्वास्थ्यकर्मीले फुलमाला र अविर लगाएर विदाई गरे ।

हालसम्म इलाममा कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या १२ पुगेको छ । सूर्योदय नगरपालिकाका ९ जना, माई नगरपालिका, देउमाई नगरपालिका र रोङ गाउँपालिकाका १÷१ जना संक्रमणबाट मुक्त भएको स्वास्थ्य कार्यालय इलामका कोभिड–१९ फोकल पर्सन बिमल बरालले जानकारी दिए ।  त्यसैगरी आज नै एक जना नयाँ संक्रमित फेला परेका छन् । कतारबाट आएका देउमाई नगरपालिकाका ३४ बर्षिय पुरुषमा कोरोना भेटिएको हो । । उनी गएको असार २६ गते देउमाई नगरपालिका आएका थिए । उनको असार ३० गते स्वाव संकलन गरेर ३१ गते परीक्षणका लागि पठाइएको थियो ।

संक्रमितलाई मोरङस्थित गोठगाउँ कोरोना अस्पताल लगिएको स्वास्थ्य कार्यालय इलामका कोभिड–१९ फोकल पर्सन बिमल बरालले जानकारी दिए । नयाँ संक्रमित थपिएसंगै इलाममा संक्रमण पुष्टि हुनेको संख्या २३ पुगेको छ । हालसम्म जिल्लाका ५ वटा स्थानीय तहका बासिन्दामा कोरोनाको संक्रमण भेटिएको छ । संक्रमितहरुमा इलाम नगरपालिकाका ८ जना, सूर्योदय नगरपालिकाका ११ जना, देउमाई नगरपालिका २ जना, रोङ गाउँपालिका १ जनामा पुष्टि भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार