Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

पूर्व-प्रधानमन्त्री झलनाथ खनालको नयाँ गीत ‘इलाम हाम्रो चियाबारी राम्रो’ (भिडियो सहित)

पूर्व-प्रधानमन्त्री झलनाथ खनालको नयाँ गीत ‘इलाम हाम्रो चियाबारी राम्रो’ (भिडियो सहित)

  • सन्देश सम्वाददाता
  • शनिबार, साउन ३ २०७७


पूर्व-प्रधानमन्त्री झलनाथ खनालको नयाँ गीत ‘इलाम हाम्रो चियाबारी राम्रो’ (भिडियो सहित)

इलाम । पूर्व-प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ ९जेएन० खनालको शब्द रहेको ‘इलाम हाम्रो चियाबारी राम्रो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। इलामका विभिन्‍न पर्यटकीय गन्तव्यको वर्णन गरिएको गीतमा चर्चित गायक यम बरालको स्वर रहेको छ। मिलन तिमल्सिनाको संगीत रहेको उक्त गीतको एरेन्ज दिनेश राजबाहकले गरेका छन्।’

‘द पेकु डिजिटल रेर्कडिङ स्टुडियोमा रेकर्ड भएको उक्त गीत डाइनामिक मल्टीमिडियाको ब्यानरमा निर्माण गरिएको हो। गीतको निर्देशन राज केसीले गरेका छन्। इलामको सन्दकपुर, माइपोखरी, कन्याम, अन्तु,इलाम चिया बगान जस्ता क्षेत्र समेटिएको उक्त गीतको भिडियोमा कृष्ण भट्टराई, प्रमोद रावल, अविषेक गुरुङ, प्रेम, कपिल बुढाथोकी, सन्तोष लोहार, मुकेश घतानी, पूर्णीमा थामी र आरोही श्रेष्ठको अभिनय रहेको छ। नरेश ऐरको छायाङकनमा निर्माण गरिएको गीतको सम्पादन प्रकाश एसकेले गरेका छन् ।

गीतमा ‘मस्ट पोटेन्सियल डेस्टिनेशन’ अवार्ड पाएको सुजन तिम्सिना र टिमले निर्माण गरेको सन्दकपुर गाउँपालिकाको बृतचित्रका दृश्यहरु समेटिएको छ। गीत केहि दिन अघि ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार