मंगलबारे । इलामको देउमाई नगरपालिकामा पहिलो कोरोना संक्रमित फेला परेका छन् । वडा नं ९ को जीतपुर माविको क्वारेन्टाइनमा बसेका २६ बर्षिय पुरुषमा कोरोना संक्रमण भेटिएको स्वास्थ्य शाखा प्रमुख लेखनाथ तामाङले बताए । संक्रमित युवा कतारबाट आएका थिए । असार ११ गते काठमाण्डौ आइपुगेका उनी १२ गते क्वारेन्टाइनमा बसेका थिए । उनको असार १६ गते स्वाब संकलन गरेर परिक्षणको लागि पठाइएको तामाङले बताए ।
संक्रमित युवालाई उपचाको लागि गोठगाउँमा रहेको कोरोना अस्पताल पठाउने तयारी भइरहेको छ । उनीसँगै झापाको चारालीबाट आएका युवाहरुको पहिचान गरी क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको छ । शनिबार एक जना थपिएको पछि इलाममा संक्रमितको संख्या ११ जना पुगेको छ ।
२ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । जिल्लाका ४ वटै नगरपालिकाका बासिन्दा कोरोनाका संक्रमित भएका हुन् । सूर्योदय नगरपालिकामा ८ जना, इलाम नगरपालिका, देउमाई र माई नगरपालिकामा १÷१ जना संक्रमित छन् ।