Local Sandesh सोमबार, साउन ११ २०८३
  • ट्रेण्डिङ :

नामसालिङ माबिको नमुना भवन शिलन्यास

नामसालिङ माबिको नमुना भवन शिलन्यास

  • राेशन काफ्ले
  • बिहिबार, असार १८ २०७७


नामसालिङ माबिको नमुना भवन शिलन्यास

नयाँबजार । माईजोगमाई गाउपालिकाको वडा नं ३ मा रहेको नामसालिङ माध्यमिक बिद्यालयको नमुना भवन को शिलान्यास गरिएको छ । गाउँपालिका अध्यक्ष जीतबहादुर राईले भवनको शिलान्यास गरेका हुन् । बहुबर्षे योजना अन्तरगत सम्पन्न हुने भवनका लागि शिक्षा मन्त्रालय मार्फत शिक्षा तथा मानव स्रोत बिकास केन्द्रबाट १ करोड ५० लाख रुपैया प्राप्त भएको छ । नमुना मा बि को लागि आएको कुनै पनि रकम फ्रिज नहुने शिक्षा शाखा माईजोगमाईले जानकारी दिएको छ । शिलान्य कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष राईले बिद्यालयको प्रगतिको लागि गाउँपालिकाबाट सबै प्रकारको सहयोगमा लागि प्रतिवद्ध रहेको धारणा राखे ।

कार्यक्रममा माईजोगमाई गाउँपालिका वडा नं ३ र ४ का अध्यक्ष वडा सदस्यहरू शिक्षा शाखा का अरूण खनाल ,नेकपा वडा नं ३ का अध्यक्ष गायत्री काफ्ले , नेपाली काग्रेस वडा नं ३ का अध्यक्ष अग्नी घिमिरे ,पूर्व बि ब्या स अध्यक्ष कुल बहादुर प्रधान, जग्गादाता राम प्रसाद घिमिरे, ईन्जिनियर मधुसुधन श्रेष्ठ , नामसालिङ सामुदायिक बिकास समिति अध्यक्ष याम अधिकारी, स्थानिय बासी समाजसेबी संचारकर्मी प्रहरी लगायतको उपस्थिति रहेको थियो ।  कार्यक्रममा दुर्गा भट्टराई ले स्वगत मन्तब्य र बिद्यालयका प्रधानाध्यापक प्रदिप कुमार देवले कार्यक्रमको औचित्यमाथी प्रष्ट पारेको गाउँपालिका अध्यक्षका स्वकिय सचिव सञ्जिव थामीले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार