Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

माईजोगमाईमा कृषि सामाग्री वितरण तथा सुन्तला जोनको सार्वजनिक सुनुवाई सम्पन्न

माईजोगमाईमा कृषि सामाग्री वितरण तथा सुन्तला जोनको सार्वजनिक सुनुवाई सम्पन्न

  • रोशन काफ्ले
  • सोमबार, असार १५ २०७७


माईजोगमाईमा कृषि सामाग्री वितरण तथा सुन्तला जोनको सार्वजनिक सुनुवाई सम्पन्न

नयाँबजार । माईजोगमाई गाउँपालिका वडा न ३ र ४ मा रहेको नामसालिङ्ग साना किसान कृषि सहकारी सस्थाले आज कृषि सामग्री बितरण तथा सुन्तला जोन कार्यक्रमको अन्तिम सार्बजनिक सुनुवाई सम्पन्न गरेको छ । कृषि ज्ञान केन्द्रको १० लाख र २५ जना किसानको ३ लाख ३४ हजार लागत सहभागितामा सुरु भएको सुन्तला जोन कार्यक्रमको सुनुवाई सम्पन्न गरिएको हो । कार्यक्रम अन्र्तगत सुन्तला सुधार गर्न आवश्यक कृषि सामाग्री किसानहरुलाई वितरण गरिएको संस्थाका प्रबन्धक टीका आचार्यले बताएका छन ।

वडा नं ४ का वडाध्यक्ष गणेशकुमार राईको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नामसालिङ प्रहरी चौकिका इन्चार्ज टेक बहादुर गिरी नेपाल ज्योती आधार भुत विधालयका प्रधानाध्यापक भक्तराज लाम्गादे वडा न ४ का वडा सदस्य त्रीलोचन लुइटेल रहेका थिए। कार्यक्रमको खुल्ला सत्रमा बोल्दै प्रमुख अतिथी राईले संस्थामा आउने अनुदानलाई सदुपयो गरेर कृषि क्षेत्रलाई विकासको बाटो तर्फ अघि बढाउनुपर्ने बताए । उनले अन्य कृषि क्षेत्रमा समेत सस्थाले अनुदान बढाउदै सुन्तला जोन कार्यक्रमले कृषकहरुलाई धेरै सहयोग पुगेको धारणा राखे ।

राईले सबै किसानलाई समेटेर अघि बढाउनुपर्नेमा जोड दिए । यता किसान बम बहादुर सुबेदीले कार्यक्रम फलदायी भएको र अझ आगामी दिनमा संस्थाले सशक्त रुपमा अन्य कृषि क्षेत्रमा पनि अनुदान सहयोग गर्नु पर्ने बताए । अन्य उपस्थितिहरुले सँस्थाले कृषकको हितमा काम गरेको र सधै यसरी नै काम गरिरहनु पर्ने र अन्य सबै किसानहरुलाई समेटेर लानु पर्ने बताए ।  संचालक समितिका अध्यक्ष बिमल पौडेलले सार्बजनिक सुनुवाईमा किसानहरुले राखेका जिज्ञासाको जवाफ दिएका थिए । प्रबन्धक टीका आचार्यले अनुदान आएका कृषि सामग्री हरुको एजेन्डाहरु प्रस्तुत गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार