Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सूर्योदय नगरपालिकामा ६० हजार निपियर घाँसको विरुवा वितरण

सूर्योदय नगरपालिकामा ६० हजार निपियर घाँसको विरुवा वितरण

  • सन्देश सम्वाददाता
  • सोमबार, असार १५ २०७७


सूर्योदय नगरपालिकामा ६० हजार निपियर घाँसको विरुवा वितरण

फिक्कल ।  सूर्योदय नगरपालिकाको ६ वटा वडामा ६० हजार सुपर निपियर घाँसको विरुवा वितरण गरिएको छ । नगर प्रमुख रणबहादुर राईले वडा नं ६ देखी ११ सम्मलाई घासँको विरुवा वितरण गरिका हुन् । गाईपालनको लागि सूर्योदय नगर महत्वपुर्ण ठाउँ भएकाले किसानहरुलाई प्रोत्साहनका लागि घाँस वितरण गरिएको नगर प्रमुख रणबहादुर राईले बताए ।
दैनिक हजारौ लिटर दुध उत्पादन हुने भएपनि किसानहरुले घाँस÷आहार व्यवस्थापन गर्न नसक्दा फाइदा लिन नसकेको महसुस भएपछि घाँसको वितरणलाई प्रभावकारी रुपमा अघि बढाइएको उनले बताए । गाई जोन संचालन सँगै उन्नत जातको गाई ८० प्रतिशत अनुदानमाका साथै घाँसको बिउ मलखाद लगायत वितरणमा आफनो नगरपालिकाले उच्च प्राथमिकतामा राख्दै आएको छ । नगरले अर्गानिक नगरको आधार पशु आहारमा सुधार” भन्ने नारानै राखेर कार्यक्रम गर्दै आएको छ

प्रतिक्रिया
सम्बन्धित समाचार