Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

हेप्पी बर्थडे मेस्सी : ला लिगामा डेव्युको त्यो क्षण

हेप्पी बर्थडे मेस्सी : ला लिगामा डेव्युको त्यो क्षण

  • नमीन ढकाल
  • बुधबार, असार १० २०७७


हेप्पी बर्थडे मेस्सी : ला लिगामा डेव्युको त्यो क्षण

आज बार्सिलोनाका कप्तान लियोनल मेस्सीको ३३ औ जन्मदिन । उनले बार्सिलोनाबाट फुटबल खेल्न थालेको १५ बर्ष भन्दा बढि भयो । उनको लिगामा डेव्युको कथा समेत रोचक छ । १६ अक्टोबर २००४ ला लिगा अन्र्तगत बार्सिलोना चौथो अवे खेलमा क्याटलान प्रतिद्धन्द्धी स्पानोएल विरुद्ध प्रतिस्पर्धा गरिरहेको थियो । प्लेयर बक्समा ३० नम्बर जर्सी लगाएको १७ बर्षे केटो मैदान छिर्ने समयको प्रतिक्षा गरिरहेको थियो । खेलमा बार्सा १–० ले अग्रता बनाइरहेको थियो । निर्धारित समय सकिन केही मिनेटमात्र बाँकी थियो । तर त्यो १७ बर्षे केटोको मैदान छिर्ने पालो आएकै थिएन् ।

आखिरीमा खेलको ८२ औ मिनेटमा त्यो घडी पनि आयो । बार्साका प्रशिक्षक फ्रान्क रिजकार्डले तत्कालिन समयमा उत्कृष्ट मानिएका डेकोको स्थानमा मैदान प्रवेश गराएपछि ला लिगामा उसको डेव्यु भयो । ३४ हजार ४ सय दर्शकका सामु डेव्यु गर्ने खेलाडी अरु कोही नभएर ‘क्लब फुटबलको बादशाह’ उपमा पाएका लियोनल मेसी थिए । १७ बर्ष ३ महिना २२ दिनको उमेरमा स्पानोएल विरुद्ध लिगका उनको डेव्यु थियो । डेव्युको समयमा मेसीले लगाएको बुट समेत विशेष नै थियो । खेल मैदानमा प्रवेश गर्दा उनले तेश्रो संस्करणको नाइक एयर जुम टोटल ९० बुट लगाएका थिए । जुन सन २००४ को युरोकपको लागी बनाइएको थियो । त्यो बुट वार्यन रोनी, लुइस फिगो, रोवर्टो कार्लोस, फ्रान्सिस्को टोटी, फर्डीनेन्ड र फर्नान्डो टोरेसको खुट्टामा समेत देख्न पाइन्थ्यो ।

दोश्रो डिभिजनको सेगुन्डा लिगको अनुभव बटुलेको मेसीले एक बर्षमा नै पहिलो डिभिजनको क्लबमा स्थान बनाउन सफल भएका थिए । स्पानोएल विरुद्धको खेल मेसीको लागी बार्साबाट डेव्यु खेल भने थिएन् । उनले १६ नोभेम्बर २००३ मा १६ बर्ष १४५ दिनको उमेरमा सिरिए क्लब र्पोटो विरुद्ध मैत्रीपुर्ण खेलबाट आफनो जिवनको औपचारिक खेल यात्रा सुरु गरेका थिए । त्यसको एक बर्ष नवित्दै रिजकार्डको लिग टिममा उनले स्थान बनाए । उनी त्यस समयसम्ममा बार्सिलोनाको लागि डेव्यु तेस्रो सबैभन्दा कम उमेरको खेलाडी थिए । १ मे, २००५ मा अल्बासेट बोलाम्पिको बिरुद्ध क्लबको लागि कम उमेरमा आफ्नो पहिलो सिनियर गोल गरे त्यस बेला मेस्सी १७ वर्ष, १० महिना र ७ दिनको उमेरका थिए । उनकै सहयोगमा दुवै रेकर्ड १६ सेप्टेम्बर २००७ मा सहकर्मी बोजन क्रिचले तोडिदिए ।

मेस्सीले आफ्नो पूर्व प्रशिक्षक फ्रान्क रिजकार्डको बारेमा भनेका छन् ‘उनले मेरो खेल जीवनको शुरुवात गराएको तथ्य म कहिल्यै भुल्न सक्दिन, उनले म १६÷१७ बर्षको मात्र हुँदा नै ममा विश्वास जगाए ।’ मेसीले बार्सा टिभीसंग करा गर्दै टिमबाट डेव्युको बारेमा भनेका छन् । ‘मेरो करियरको सम्वन्धमा यो एकदमै महत्वपुर्ण मिती हो । मैले मेरो बाल्यकालको सपना पुरा गर्न सके । सत्य यो हो की त्यो दिन एकदम रमाइलो थियो । म खुशी पनि थिए तर धेरै नर्भस पनि । जव म सक्रिय भएर खेले त्यो क्षणको आनन्द पनि लिए । मलाई याद छ म संग गोलकिपरको विरुद्ध साँचै राम्रो मौका थियो तर मैले सदुपयोग गर्न सकिन् । प्रशिक्षक रिजकार्ड खेलपछि म संग आए र भने तिमीले त्यो मौका गुमायौ ।’

बार्सा सन २००४–०५ को सिजनको बिजेता बन्दा मेसीले ८ खेलमा सहभागीताको मौका पाए । त्यसपछि उनी निरन्तर १५ बर्षदेखी बार्सा टिमको मुख्य खेलाडीको रुपमा मैदानमा देखा परिरहेका छन् । डेव्युपछिको अवधीमा उनले ७२२ क्याप जित्दै क्लबका लागी ६२९ गोल गरेका छन् । मेसीले हालसम्म क्लबका लागी १० ला लिगा, ६ कोपा डेल रे, चार च्याम्पियन लिग, ३ युइएफए सुपर कप, ८ स्पेनिस सुपर कप, ३ क्लब वल्र्ड कप गरी ३४ ट्रफी दिलाउन योगदान दिएका छन् । मेसीले पाँच बालोन डि ओर र सन २०१९ को फिफा उत्कृष्ट खेलाडीको उपाधी समेत आफनो पक्षमा पारेका छन् । मेस्सीले डेव्युको १५ बर्ष पुगेकै दिन छैटौ पटक युरोपको सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट हात पारेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार