Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

प्रदेश सासंद कागतेले दिए संचारसंस्था र पत्रकारलाई स्वास्थ्य सुरक्षा सामाग्री

प्रदेश सासंद कागतेले दिए संचारसंस्था र पत्रकारलाई स्वास्थ्य सुरक्षा सामाग्री

  • सन्देश सम्वाददाता
  • बिहिबार, जेष्ठ २९ २०७७


प्रदेश सासंद कागतेले दिए संचारसंस्था र पत्रकारलाई स्वास्थ्य सुरक्षा सामाग्री

प्रदेश सासंद काजीमान कागतेले आफनो निर्वाचन क्षेत्र संचारसंस्थालाई कोरोनाबाट बच्नका लागि स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेका छन् । कागतेले आफ्नो निर्वाचन क्षेत्र इलाम क्षेत्र नं १ को (ख) भित्र रहेका ६ वटा संचार संस्था र पत्रकारलाई मास्क, सेनिटाइजर लगायतका प्रदान गरेका हुन् । सूर्योदय नगरपालिकामा कार्यक्रमको आयोजना गरेर कागतले लोकल सन्देश अनलाइन, एबीसी अनलाइन, फास्ट अनलाइनखबर, रेडियो बुद्धवाणी, रेडियो फिक्कल, स्थानिय सन्देश साप्ताहिक र पत्रकार गणेश अर्याललाई सुरक्षा सामाग्री प्रदान गरेका थिए ।


स्वास्थ्य सामाग्री प्रदान गरेपछि बोल्दै कागतेले कोरोनाको महामारीका बिच इलामका संचारमाध्यमले जनतलाई सु–सुचित गर्न प्रभावकारी भुमिका खेलेको बताए । उनले जनमानसमा त्रास फैलाउने नभई हौसला जगाउने समाचार सम्प्रेषण गर्न आग्रह गरे । कागतेले विश्वका महाशक्ती राष्ट्रहरु कोरोनाका कहरसँग निरिह बनिरहेको बेला नेपाल सरकार र प्रदेश एकले प्रभावकारी भुमिका खेलेको बताए । उनले विस्तारै लकडाउनलाई खुकुलो बनाएर सुरक्षाको उपायका साथ उद्योग र कलकारखान संचालन गर्नु पर्ने आवश्यकता रहेको बताए । सिमा क्षेत्र भएका कारण सरकारले रेड जोनमा राखेपनि इलाममा कोरोनाको कहर तुलनात्मक रुपमा कम देखिएकाले सवै इलामे जनतालाई धन्यवाद दिए ।
कार्यक्रममा बोल्दै सूर्योदय नगरपालिका–१० का वडाध्यक्ष पेमा उगेन लामाले कोरोनाको त्रास सकिन नसकेकाले जनताहरु अझै जागरुक हुनुपर्ने बताए । उनले लकडाउनको कार्यान्वयनसँग कोरोना विरुद्धको अभियानमा सवै एक जुट हुनुपर्ने आवश्यकता देखिएको बताए । स्वास्थ्य सामाग्री वितरणको समन्वय प्रेस संगठन इलामले गरेको थियो । कार्यक्रममा बोल्दै संगठनका अध्यक्ष सुजन तिमसिनाले पत्रकारहरुको लागि सामाग्री प्रदान गरेकोमा सांसद कागतेलाई धन्यवाद दिए । उनले पत्रकारहरुलाई पछिल्लो समय सरकार र अन्य दाताहरुले सहयोग गर्ने क्रम बढेकाले केही सुरक्षित महसुस भएको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार