Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

गुणस्तरिय चिया उत्पादन मापदण्ड कार्यविधि लागु गर्न नेकपा सूर्योदयको माग

गुणस्तरिय चिया उत्पादन मापदण्ड कार्यविधि लागु गर्न नेकपा सूर्योदयको माग

  • सन्देश सम्वाददाता
  • बुधबार, जेष्ठ २८ २०७७


गुणस्तरिय चिया उत्पादन मापदण्ड कार्यविधि लागु गर्न नेकपा सूर्योदयको माग

फिक्कल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सूर्योदय नगर कमिटिले गुणस्तरिय चिया उत्पादन मापदण्ड कार्यविधि लागु गर्न उद्योगीहरुलाई आग्रह गरेको छ । नेकपाले विज्ञप्ती जारी गर्दै किसानहरु समस्यामा परेकाले नगरले बनाएको कार्यविधि अनुसार हरियो चियापत्तीको मुल्य दिन आग्रह गरेको हो ।
नगर अध्यक्ष सोनाम छिरिङ लामा र घनश्याम पौडेलद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ‘सूर्योदय नगरपालिकाको गुणस्तरिय चिया उत्पादन मापदण्ड कार्यान्वयन कार्यविधि २०७५ लागु गरी विगत बर्षदेखी कार्यान्वयन भैरहेकोमा हाल केही उद्योगहरुले हरियो पत्ती रु ३० र रु २० प्रति केजी कायम गरेको सामाजिक संजाल मार्फत प्रचार भएबाट किसानहरुको लागत खर्च नै नउठ्ने देखिएको हुँदा नगरपालिकाले लागु गरेको कार्यविधि अनुसार किसानहरुले पाउने हरियो चिया पत्तीको न्युनतम सर्मथन मुल्य प्रति केजी र ४० कायम भएको र कार्यविधिले तोकेको मुल्य भन्दा घटिमा उद्योगबाट मुल्य कायम गर्दा किसानहरुलाई मार्का पर्ने देखिएकाले सम्बन्धित चिया उद्योगी र सूर्योदय नगरपालिका बीचमा भएको पटक पटक सम्झौता सहमति लागु भएको कार्यविधि अनुसार कार्यान्वयन गर्न गराउन सम्बन्धित पक्षहरुलाई आब्हान गर्दै यो प्रेस विज्ञप्ती जारी गर्दछौ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार