Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलामको पहिलो कोरोना संक्रमित बसेको करफोक क्वारेन्टाइन सिल

इलामको पहिलो कोरोना संक्रमित बसेको करफोक क्वारेन्टाइन सिल

  • सन्देश सम्वाददाता
  • बुधबार, जेष्ठ २८ २०७७


इलामको पहिलो कोरोना संक्रमित बसेको करफोक क्वारेन्टाइन सिल

फिक्कल । इलाममा पहिलो कोरोना संक्रमित युवालाई राखिएको करफोक विद्यालयको क्वारेन्टाइन सिल गरिएको छ । गत जेठ १८ गते चेन्नाईबाट आएर क्वारेन्टाइनमा बसेका सूर्योदय नगरपालिका–५ का युवाको स्वाब परिक्षण पोजेटिभ देखिएपछि उनी बसेको क्वारेन्टाइन तत्काल सिल गरिएको नगर प्रमुख रणबहादुर राईले बताए । संक्रमित युवकको पुर्वाञ्चल विश्वविद्यालय स्थित अस्पतालमा उपचार भइरहेको छ । उनी काँकडभिट्टा नाका हुँदै नेपाल प्रवेश गरेका थिए । हाल सो क्वारेन्टाइनमा ६२ जनालाई राखिएको छ ।


सूर्योदय नगरपालिकामा भारतको विभिन्न ठॉउबाट प्रवेश गरेका १६८ एऋच् परीक्षण सम्पन्न भइसकेको नगर प्रमुख राईले बताए । परिक्षण भएका मध्ये ४२ जनाको रिर्पोट आउन बाँकी रहेको छ । त्यसैगरी २९८ जनाको र्‍यापिड टेस्ट गरिएको छ । नगरले कोरोनाको जोखिमबाट सचेतनाका लागि २४ सै घन्टा टोल फ्रि नम्बर खुल्ला गरेको छ । सहयोग आवश्यक परेको खण्डमा टोल फ्रि नम्वर १६६०२७५२२२२ मा सम्पर्क गर्न सकिने नगरले जनाएको छ ।
नगरले पशुपतिनगर नाकामा २०७६ फागनु २५ गते देखि नै हेल्प डेक्सलाई सक्रिय बनाएको थियो । लक डाउन हुनु भन्दा पहिला नै ७ हजार ९४२ भन्दा बढीको तापक्रम मापन गर्नुका साथै आवातजावतमा नियन्त्रण गरेको थियो । भारत लगायत अन्य मुलुकबाट आउने नेपालीहरूको निम्ति कन्यामको क्वारेन्टाइन सन्चालनमा आएको कोभिड–१९ फोकल पर्सन पेमा उगेन लामाले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार