Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

गुणस्तरिय चिया उत्पादन मापदण्ड कार्यविधी कार्यान्वयन गर्न सूर्योदयका किसानको माग

गुणस्तरिय चिया उत्पादन मापदण्ड कार्यविधी कार्यान्वयन गर्न सूर्योदयका किसानको माग

  • सन्देश सम्वाददाता
  • सोमबार, जेष्ठ २६ २०७७


गुणस्तरिय चिया उत्पादन मापदण्ड कार्यविधी कार्यान्वयन गर्न सूर्योदयका किसानको माग

फिक्कल । लकडाउनको मौका छोपेर उद्योगले हरियोपत्तीको मुल्य घटाएपछि चियाको राजधानी सूर्योदय नगरपालिकाका किसानहरु आन्दोलित भएका छन् । सूर्योदय टि एसोसिएसनमा आवद्ध केही उद्योगहरुले हरियोपत्तीलाई ३ तहमा बर्गिकरण गरेर मुल्य निर्धारण गरेपछि वडा नं १० का किसानहरुले असन्तुष्टी व्यक्त गर्दै सूर्योदय नगर प्रमुख रणबहादुर राईलाई ध्यानार्कषण पत्र बुझाएका छन् । किसानहरुले सूर्योदय नगरले निर्माण गरेको गुणस्तरिय चिया उत्पादन मापदण्ड कार्यान्वयन कार्यविधी २०७५ अनुसार मुल्य कायम हुनुपर्ने जनाउँदै ध्यानार्कषण गराएका हुन् ।
नगरको कार्यविधिमा न्युनतम मुल्य ४० रुपैया हुनुपर्ने तोकिएको छ । तर उद्योगले लकडाउनको अवस्थामा चियाको बजार अस्थिर भएको भन्दै ३० प्रतिशत माथी मुना भएको हरियोपत्तीलाई ३० रुपैया, ५० प्रतिशत भन्दा मुनि ३० प्रतिशतसम्मकोलाई २० रुपैया मुल्य तोकेको थियो । सूर्योदय नगरपालिका–८ मा संचालनमा रहेको हिमालयन रेञ्ज चिया उद्योगले गत जेठ १८ गते सुचना जारी गर्दै किसानहरुलाई हरियोपत्तीको भुक्तानी उद्योगमा तयारी चिया बिक्री भएपछि उपलब्ध गराउने जनाएको छ । अरु उद्योगले पनि सोही अनुसार मुल्य कायम गरेपछि किसानहरुमा निराशा पैदा भएको हो ।


यसअघि किसानहरुले फस्ट फ्ल्सको चिया खेर जाने भएपछि उद्योगहरुसँग हरियोपत्तीको मुल्य निक्यौल नगरी भुक्तानी पछि लिने भन्ने सहमती गरेर विक्री गरेका थिए । उद्योगीहरुले समेत किसानहरुको समस्यालाई ध्यानमा राखेर अभावका बिच पनि उद्योग चलाउँदै आएका छन् । लकडाउन र अस्थिर बजारका बिचमा पनि किसानहरुको हरियोपत्ती उद्योगले खरिद गरेर प्रशोधन गर्दै आएका थिए । यदपी हरियोपत्तीको मुल्य निर्धारण भएको थिएन् । र भुक्तानी समेत तयारी चिया बिक्री भएपनि दिने भनिएको थियो ।
किसानहरुले नगर प्रमुखलाई बुझाएको ध्यानार्कषण पत्रमा भनिएको छ ‘एकातर्फ संक्रमणको डर त छँदै थियो अर्को तर्फ उद्योगीहरुलाई केही सहजता होस् भनी तत्काल मूल्य निर्धारण नगर्ने र पछि बिक्रीका आधारमा मूल्य निर्धारण आपसी सहमतिमा गर्ने गरी सूर्योदय नगरपालिकाले जारी गरेको लकडाउनको अवस्थामा जोखिम न्यूनीकरणका मापदण्डहरु पालना गर्ने गराउने कृषक, उद्योगीहरुको सहमति अनुरुप नै हामी सम्पूर्ण कृषकहरु चिया टिपाइमा हामिएका थियौं । तर हाल आएर चिया उद्योगीहरुले एकलौटी रुपमा कार्यविधिमा तोकिएको न्यूनतम समर्थन मूल्यभन्दा कम रु ३० र रु २० निर्धारण गरी सूचना प्रकाशन गरेको अवस्थामा हामी सम्पूर्ण कृषकहरु स्थानीयसरकार सूर्योदय नगरपालिकाको ध्यानाकर्षण गराउदै यस नगरको कार्यपालिकाबाट पारित गुणस्तरीय चिया उत्पादन मापदण्ड कार्यान्वयन कार्यविधि २०७५ पालना गर्न गराउन अनुरोध गर्दछौं ।’


उद्योगले जारी गरेको सुचनामा उद्योग संचालन भइरहेको अवस्थामा कृषक मजदुर र कर्मचारी संक्रमित भएको अवस्थामा स्वयम व्यक्ति जिम्मेवार हुनुपर्ने जनाएको छ । त्यसैगरी हरियोपत्ती २ पात १ सुइरो हुनुपर्ने जनाएको थियो । नगरले २ बर्षअघि हरियोपत्तीको मुल्य निर्धारणको मापदण्ड बनाएको थियो । जहाँ ४० प्रतिशत मुनिको हरियोपत्ती खरिद तथा बिक्रीलाई निरुत्साही गरिने जनाएको छ । बैशाख/जेठमा हुने बाँझी समयमा र दशै तिहारको समयमा ४० प्रतिशत भन्दा कम गुणस्तरको पत्तीको खरिद बिक्रीमा नगरपालिकाको बिषयगत शाखाबाट स्वीकृती लिएर गर्न सकिने उल्लेख छ । तर सो पत्तीको मुल्य निर्धारण बिषयगत शाखा तथा सरोकारवालाहरुको एक संयन्त्र बनाएर निर्धारण गर्न सकिने जनाएको छ । यदपी सो कार्यविधीको तत्कालिन समयमा किसानहरुले बिरोध जनाएका थिए । नगरको कार्यविधी किसान मैत्री नभएको भन्दै पटक पटक किसानहरुले विरोध गरिएकाे थियाे ।


त्यसैगरी सोमबार नै नगरपालिका, सूर्योदय नगर उद्योग वाणिज्य संघ, चिया तथा कफी विकास बोर्डका प्रतिनिधी र सूर्योदय टि प्रोडयुसर्स एसोसिएसनमा आवद्ध उद्योगीहरु बिच चियाको स्थायित्व र मुल्य निर्धारणको बारेमा छलफल गरिएको छ । नगर कार्यपालिकाको सभाहलमा बसेको छलफल बिना निष्र्कष टुङ्गिएको छ । नगरपालिकाले हरियोपत्ती मुल्य निर्धारण मापदण्डको कार्यान्वयन गर्न उद्योगीहरुलाई आग्रह गरेको वडा नं १० वडाध्यक्ष पेमा उगेन लामाले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार