Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

‘कालु भन्दा बलियो घोडा बुझ्थ्यौ रंगभेद पो रहेछ’ : सामी

‘कालु भन्दा बलियो घोडा बुझ्थ्यौ रंगभेद पो रहेछ’ : सामी

  • लोकल सन्देश
  • सोमबार, जेष्ठ २६ २०७७


‘कालु भन्दा बलियो घोडा बुझ्थ्यौ रंगभेद पो रहेछ’ : सामी

एजेन्सी । वेष्ट–इन्डिजका पूर्व कप्तान डारेन सामीले इन्डियन प्रिमियर लिग (आईपएल) क्रिकेटमा रंगभेद हुने गरेको खुलासा गरेका छन् । उनले सनराइजर्स हैदराबादबाट खेल्दा आफु र श्रीलंकन खेलाडी थिसारा परेरा माथि रंगभेद भएको आरोप लगाए । ‘प्रतियोगिताको क्रममा हामी दुबैलाई कालु भनेर धेरैपटक सम्बोधन भएको छ’, उनले भने, ‘आफु र परेरालाई कालू भनेर बोलाउदा जसको अर्थ बलिलो घोडा भनेर बुझिदिन्थ्यौँ ।’ सामीले शनिबार आफ्नो इन्स्टाग्राम स्टोरीमा भनेका छन्,
‘सनराइजर्सबाट खेल्दा अरुले कालू भनेर बोलाएको शब्दको अर्थ आजभोली मात्र राम्रोसँग बुझेको छु ।’ ‘कालु भनेर बोलाउँदा हामीलाई बलियो घोडा भनिएको होला भन्ने ठानिन्थ्यो, तर हैन रहेछ, हामीलाई रंगभेदको सिकार बनाईएको रहेछ, यसले त रंग जनाउदो रैछ । यसको अर्थ थाहा पाएर अहिले मलाई रिस उठिरहेको छ,’ उनले भनेका छन् ।
अमेरिकाको पुलिस हिरासतमा अस्वेत जर्ज फ्लोडको मृत्यु पछि विश्वभर यसको विरोध भइरहेको छ । अमेरिका लगायतका स्थानमा आन्दोलन समेत जारी छ । खेल जगतले पनि यसको बिरोध गरिरहेको छ । पछिल्ला दिनहरुमा सामी पनि खुलेरै विरोधमा उत्रिएका छन् । केही दिन अघि उनले अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीलाई रंगभेदको विरोधगर्न सुझाव समेत दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार