इलाम । स्पेनिस स्टार खेलाडी डियागो कोस्टालाई कर छलीको आरोपमा जेल सजाय सुनाइएको छ । स्पेनिस क्लब एट्लेटिको मड्रिडका फरवार्डलाई स्पेनको एक अदालतले बिहीबार कोस्टालाई ६ महिनाको जेल सजाय सुनाएको हो । सन् २०१४ मा चेल्सीबाट एट्लेटिकोमा आउँदा कोस्टाले एक मिलियन युरो राज्यलाई ठगेको बताइएको छ ।
यस्तै अदालतले उनलाई ४ लाख ८२ हजार पाउन्ड जरिवानासमेत गरेको छ । ६ महिना जेल सजाय पाए पनि उनले जेल भने बस्नुपर्ने छैन । स्पेनको कानुनअनुसार हिंसात्मक अपराध नगरेकाले २ वर्षभन्दा कम जेल सजाय पाए जरिवाना तिरेपछि जेल जानु पर्दैन । यस्तै तस्बिर अधिकारबापतको एक मिलियन युरोभन्दा बढी सार्वजनिक नगरेको उनीमाथि आरोप छ ।