Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

रोङ गाउँपालिकामा अलैची ब्लक कार्यक्रमका सदस्यलाई सामाग्री हस्तान्तरण

रोङ गाउँपालिकामा अलैची ब्लक कार्यक्रमका सदस्यलाई सामाग्री हस्तान्तरण

  • सन्देश सम्वाददाता
  • शुक्रबार, जेष्ठ २३ २०७७


रोङ गाउँपालिकामा अलैची ब्लक कार्यक्रमका सदस्यलाई सामाग्री हस्तान्तरण

रोङ । इलामको रोङ गाउँपालिका–३ कोल्बुङमा संचालित अलैची ब्लक कार्यक्रमका सदस्यहरुलाई कृषि सामाग्रीहरु वितरण गरिएको छ । हाँसपोखरी अलैची उत्पादक सहकारी सस्थाले संचालन गरेको ब्लक कार्यक्रमका लाभग्राही किसानहरुलाई सिचाइको लागि पाइप, स्प्रीङकल, गमबुट, रेनकोर्ट, औषधि स्प्रे गर्ने मेशिन अलैची टिप्दा प्रयोग हुने क्यारेट, क्षेत्र बिस्तारको लागि अलैचीको बिरुवा, अलैची सुकाउने सुधारिएको डायर, टनेल बनाउन प्रयाेग हुने प्लाष्टिक लगायतको सामग्री हस्तान्तरण गरिएको हो । शुक्रबार कोल्बुङमा आयोजित सक्षिप्त कार्यक्रममा जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बराल, कृषि ज्ञान केन्द्र इलामका प्रमुख सालिग्राम भट्टराईले किसानहरुलाई सामाग्री वितरण गरेका हुन् ।


सामाग्री हस्तान्तरणपछि कार्यक्रमलाई सम्बोधन जिसस प्रमुख गणेश बरालले अलैचीको खेतीले बातावरण सन्तुलनको कायममा सहयोग पुग्ने बताए । उनले इलामको ५ अ मध्येको एक अलैचीले किसानको जिवस्तर उकास्नका लागि महत्वपुर्ण भुमिका खेलेको बताए । उनले २०६२ सालपछि इलामका अलैची खेतीमा गिराबट आएकाले उन्नत प्रविधिको प्रयोग गरेर किसानहरुलाई खेती गर्न सुझाव दिए । विश्व वातावरण दिवसको अवसर समेत परेकाले बरालले वातावरण संरक्षणमा कृषिको महत्वपुर्ण भुमिका रहेको बताए ।


त्यसैगरी कृषि ज्ञान केन्द्र इलामका प्रमुख सालिग्राम भट्टराईले ब्लक कार्यक्रम सञ्चालन गरी फरफारकको लागि आवस्यक पर्ने कागजपत्रहरुको बारेमा जानकारी गराएका थिए । सहकार्य गरेर उत्पादित बस्तु बजारमा सामुहिक रुपमा पु¥याउन सकिनेमा उनले जोड दिए । हासपोखरी अलैची उत्पादक सहकारी सस्थाले प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजनाबाट चालु आर्थिक बर्षमा ५० लाख रुपैयामा ब्लक कार्यक्रम संचालन गरिरहेको छ । परियोजनाबाट २५ लाख अनुदान र किसानको २५ लाख रुपैयाको लागतमा ब्लक कार्यक्रम संचालन गरिएको अलैची उत्पादक संस्थाका अध्यक्ष राजकुमार सुब्बाले जानकारी दिए । यस बर्ष यो कार्यक्रम अन्तरगत सहकारीले ३ हजार रोपनी क्षेत्रफलमा अलैचीको खेती गरिरहेको सस्थाका ब्यवस्थापक नबिन कट्टेलले बताए ।


इलाम जिल्लामा ११ वटा क्लक कायक्रम सञ्चालन भएकोमा चालु आर्थिक बर्षमा २ वटाले कार्यक्रम सञ्चालनका लागि सम्झौता नगरेकाले ९ वटा ब्लक कार्यक्रम सञ्चालनमा रहेको छ । ९ वटा ब्लक कार्यक्रमको सामाग्री हस्तान्तरण रोङ गाउपालिका बाट सुरु गरिएको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार