रोङ । गरिबसंग बिश्वेश्वर कार्यक्रम अन्तरगत इलामको रोङ गाउपालिकाका ८ जना किसानलाई गाई वितरण गरिएको छ । गाइ ब्याएपछि एउटा बाछी समुहलाई फिर्ता गर्ने गरी निशुल्क गाइ बितरण गरिएको हो । यसरी निशुल्क गाई पाउने किसानहरुमा रोङ ६ का बिष्णुकुमार राई, जीवन राई, इन्द्र कुमार लिम्वु, सपना राई (लिम्बु), दिलबहादुर लिम्बु, शान्ति राई, लक्ष्मी देबी बिश्वकर्मा र डोल कुमारी तामाङ्ग रहेका छन ।
रोङ गाउपालिका वडा नं ६ को कार्यलयमा एक कार्यक्रम गरी गाई बितरण गरिएको हो । रोङ गाउपालिकाका कार्यपालिका सदस्य सुमित्रा योञ्जनको प्रमुख आतिथ्यता, रोङ पशु शाखा प्रमुख मिग्मा रिन्जी शेर्पाको उपस्थितिमा किसानहरुलाइ गाई बितरण गरिएको गरिबसग बिश्वेश्वर कार्यक्रमका सामाजिक परिचालक अञ्जना राइले बताइन । समुह र कार्यक्रम अन्तरगत बिभिन्न मापदण्डको आधारमा किसानहरुको छनौट गरिएको बताइएको छ ।