Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

लकडाउनले राेकेन् दमक–चिसापानी–रवि सडकको काम

लकडाउनले राेकेन् दमक–चिसापानी–रवि सडकको काम

  • निशेष राई सत्यरुप
  • मंगलबार, जेष्ठ २० २०७७


लकडाउनले राेकेन् दमक–चिसापानी–रवि सडकको काम

चुलाचुली । लकडाउनका कारण करिव ३ महिना यता विकास निर्माणका कामहरु समेत ठप्प भएको ‘दमक–चिसापानी–रवि’ सडकको निर्माण कार्य भने सामाजिक दुरी कायम गर्दै जारी राखिएको छ । झापाको दमक देखी पाँचथरको रवि जोड्ने प्रस्तावित फाल्गुनन्द मार्गमा काम गर्ने कामदारहरु विच सामाजिक दुरी कायम गरेर अहिले द्रुत गतीमा काम भईरहेको हो। सडक अन्तर्गतका खोला खोल्छहरुमा पुल निर्माणको कार्य देखी लिएर बाटालाई बढाउने, बाटाको साईडमा ड्रेन निर्माण गर्ने जस्ता कार्यहरु धमाधम भईरहेको छ ।


दमक–चिसापानी–रवि सडक उपोभोक्ता समितीका अध्यक्ष गगन पुरीका अनुसार सडक निर्माणको कार्य समयमा सम्पन्न गर्न अहिले पनि स्वास्थ्य सुरक्षा सतर्कता अपनाउदैँ काम जारी राखिएको छ । सकडमा पर्ने मझुवा खोलामा अहिले पुल निर्माण कार्य नयाँ प्रविधिका साथ द्रुत गतिमा भईरहेको उहाँले बताउनुभयो । इलामको माङ्सेवुङ गाउँपालिका वडा नं ४ मा पर्ने मझुवा खोलामा पुल निर्माण भईसकेपछि यातायातका साधनलाई सहज हुने अध्यक्ष पुरीले बताए ।
सडकमा अहिले पुल निर्माण कार्यको अलावा बाटाका सतह सम्याउने (कटीङ) को कार्य पनि धमाधम भईरहेको दमक–चिसापानी–रवि सडक उपोभोक्ता समितीका बरिष्ठ उपाध्यक्ष सुशिल राईले जानकारी दिए । ठेकेदार कम्पनी संग उपोभोक्ता समितीले समन्वय गरेर लकडाउनको समयमा पनि निरन्तर काम संञ्चालन गरिरहेको उनले बताए ।
नयाँ प्रविधीबाट मझुवा खोलाको पुल निर्माण हुँदै
दमक–चिसापानी–रवि सडक अन्तर्गत माङ्सेवुङ– ४ मा पर्ने मझुवा खोलामा नयाँ प्रविधीबाट पुल निर्माणको कार्य संञ्चालन भईरहेको छ । नेपालमा नै भर्खेरै मात्र भित्रिएको आरएमसि प्रविधीबाट द्रुत गतिमा पुल निर्माणको कार्य भईरहेको डिभिजन सडक कार्यालय इलामका सव–ईन्जिनियर तेजनारायण शाहले जानकारी दिए । यो प्रविधीबाट काम गर्दा समयको वचत हुने, काम गुणस्तरिय हुने र धेरै जनशक्तिको आवश्यक्ता नपर्ने उनले बताए ।


उक्त पुल निर्माण कार्यको सोमबार उपोभोक्ता समितीको एक टोलीले स्थलगत अनुगमन पनि गरेको छ । स्थलगत अनुगमनमा सहभागी टोलीले पुल निर्माण कार्यको गुणस्तरियता सन्तोषजनक रहेको बताएको छ । अनुगमनमा उपोभोक्ता समितीका अध्यक्ष गगन पुरी, वरिष्ठ उपाध्यक्ष सुशिल राई, सचिव दिलकुमार लावती, सदस्य विक्रम अधिकारी, समाजसेवी राजकुमार थापा लगायतको सहभागीता रहेको थियो । पुल निर्माणको कुल लागत ४ करोड ७१ लाख ९६ हजार रुपैँया रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार