Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

माईजोगमाईको नयाँबजारबाट ल्यान्डफिल्ड साइट जाने बाटो निर्माण अन्तिम चरणमा

माईजोगमाईको नयाँबजारबाट ल्यान्डफिल्ड साइट जाने बाटो निर्माण अन्तिम चरणमा

  • रोशन काफ्ले
  • सोमबार, जेष्ठ १९ २०७७


माईजोगमाईको नयाँबजारबाट ल्यान्डफिल्ड साइट जाने बाटो निर्माण अन्तिम चरणमा

नयाँबजार । इलामको माईजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजार देखी ल्यान्डफिल्ड साइटसम्म जाने बाटो निर्माणको काम अन्तिम चरणमा पुगेको छ । ७ सय मिटर पक्की स्ल्याबयुक्त सडक र ड्रेनको काम अन्तिम चरणमा पुगेको हो । साना सहरी तथा भवन निर्माण आयोजना झापा मातहतमा वडा नं १ मा निर्माणधिन संरचन ा१ करोड ६० लाख २२ हजार ६४७ रुपैया १ पैसामा टेन्डर पारेर एस ए एस देविडाँडा जेभीले काम अघि बढाएको थियो ।


२०७६ साल असोज १२ गते सम्झौता गरेर अघि बढेको काम आगामी भदौ ११ गते सम्पन्न गर्नुपर्ने हुन्छ । गाउँपालिकाको केन्द्रबाट ल्यान्डफिल्ड साइटसम्म पुग्ने संरचना निर्माणको काम तिव्र रुपमा अघि बढिरहेको माईजोगामाई गाउँपालिका अध्यक्ष जीतबहादुर राईले बताए । उनले सडक र ड्रे निर्माण भएपछि गाउँपालिकाको केन्द्र नयाँबजारमा उत्पन्न भएका फोहोरहरु व्यवस्थपानमा सहज हुने बताए । उनले संरचनाको थप विकासका लागि आगामी बर्ष संघिय र प्रदेश सरकारलाई बजेट माग गरिने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार