बलिउडका चर्चित संगीतकार वाजिद खानको निधन भएको छ । आइतबार राती उनको ४२ बर्षको उमेरमा निधन भएको हो । बलिउडमा साजिद–वाजिदको जोडी सर्वाधिक चर्चित मानिछ । वाजिद लामो समयदेखि किड्नीको बिरामी थिए । उनको मुम्बइको एक अस्पतालमा उपचार भैरहेको थियो । तर, स्वास्थ्य अवस्था झनै खराब भएपछि उनको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो उनलाई एक साता अगाडि कोरोना पोजिटिभ पुष्टी भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । साजिद–वाजिद बलिउड नायक सलमान खानको मनपर्ने संगीतकार हुन् । इदको अवसरमा सलमानले सार्वजनिक गरेको ‘भाई भाई’ बोलको गीतमा साजिद–वाजिदको संगीत थियो ।
सन् १९९८ मा सलमान अभिनित चलचित्र ‘प्यार किया तो डरना क्या’बाट वाजिदले बलिउडमा संगीतको काम सुरु गरेका थिए । यसका साथै उनले ‘दबंग ३’को सबै गीतमा संगीत भरेका थिए । उनले ‘मेरा ही जलवा, सोनी दे नखरे, माआअल्लाह, डू यु वन्ना पार्टनर’ लगायतका हिट गीतमा संगीत भरेका छन् । उनले सन् २०११ म ‘फिल्मफेयर अवार्ड’मा उत्कृष्ट संगीतकारको अवार्ड पनि प्राप्त गरेका थिए ।
वाजिदको निधनले सिंगो बलिउड नै स्तब्ध बनेको छ । केही साता अगाडि मात्र बलिउडका दुई चर्चित कलाकार इरफान खान र ऋषि कपुरलाई गुमाएको बलिउडले आइतबार राती अर्का चर्चित संगीतकार वाजिद खानलाई गुमाएको छ ।प्रियंका चोपडा, परिणीति चोपडा, विशाल ददलानी, बरुण धवन, शंकर महादेवन जस्ता सेलिब्रेटीले वाजिदलाई श्रद्धाञ्जली व्यक्त गरेका छन्
Hard to believe we won't meet again, talk again, laugh again, @wajidkhan7 (in front, in the picture).
sajidk21 my brother, you will never be alone and our brother will never be forgotten. https://t.co/0v8lsgxVtM
— VISHAL DADLANI (@VishalDadlani) May 31, 2020
Wajid Bhai you were the nicest, nicest nicest man! Always smiling. Always singing. All heart. Every music session with him was memorable. You will truly be missed wajid bhai. 🧡🧡 #WajidKhan
— Parineeti Chopra (@ParineetiChopra) May 31, 2020
shocked hearing this news @wajidkhan7 bhai was extremely close to me and my family. He was one of the most positive people to be around. We will miss u Wajid bhai thank u for the music 🎵 pic.twitter.com/jW2C2ooZ3P
— VarunDhawan (@Varun_dvn) May 31, 2020
Terrible news. The one thing I will always remember is Wajid bhai's laugh. Always smiling. Gone too soon. My condolences to his family and everyone grieving. Rest in peace my friend. You are in my thoughts and prayers.@wajidkhan7
— PRIYANKA (@priyankachopra) May 31, 2020
Am just not able to come to terms with this ! Shocking ! Good bye dear brother.. love you .. till we meet on the other side ! Prayers for your peaceful journey Wajidbhai 🙏🙏 pic.twitter.com/cb8E152J1X
— Shankar Mahadevan (@Shankar_Live) May 31, 2020