Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

आजसम्म इलाममा १२२ जनाको पिसिआर टेस्ट

आजसम्म इलाममा १२२ जनाको पिसिआर टेस्ट

  • नमीन ढकाल
  • शनिबार, जेष्ठ १७ २०७७


आजसम्म इलाममा १२२ जनाको पिसिआर टेस्ट

इलाम । शनिबार सम्म इलाममा १२२ जनाको पिसीआर टेस्ट गरिएको छ । आज २५ जनाकाे स्वाब संकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालय इलामका कोभिड–१९ फोकल पर्सन बिमल बरालले जानकारी दिए । उनका अनुसार इलाम नगरपालिकामा ४ जना, सूर्योदय नगरपालिकामा १४ जना र रोङ गाउँपालिकामा ७ जना रहेका छन् । रोङका २ जना बाहेक बाँकी स्वास्थ्यकर्मी र सुरक्षाकर्मी रहेको बरालले बताए ।
संकलित स्वाबलाई परिक्षणका लागि कोशी अस्पताल बिराटनगर पठाइएको छ । यसअघि इलामबाट पठाइएको ३४ जनाको पिसीआर नतिजा आउन बाँकी रहेको छ । हालसम्म माई नगरपालिकाबाट ५ जना, चुलाचुली गाउँपालिका ४ जना, माईजोगमाई गाउँपालिका ६ जना र फाकफोथुम गाउँपालिकाबाट २ जनाको पिसीआर परिक्षण नेगेटिभ आएको छ । त्यसैगरी सूर्योदय नगरपालिकाबाट यसअघि पठाइएका ३० जनाको रिर्पोट आउँन बाँकी रहेको छ । सूर्योदयमा १८ जनाको रिर्पोट नेगेटिभ आएको छ । जसमा गत आइतबार पशुपतीनगर नाका हूँदै आएका दोलखाका ८ जना समेत समावेश छन् ।
उनीहरुमा ¥यापिड टेस्ट पोजेटिभ देखिएपछि स्वाब संकलन गरेर पठाइएको थियो । इलाम नगरपालिकामा २६ जनाको नेगेटिभ आएको छ । जसमा इलाम अस्पतालका स्वास्थ्यकर्मी समेत समावेश रहेको बरालले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार