इलाम । पुर्व प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता, अखण्डता र स्वाभिमानलाई अक्षुण्ण राख्न एकताबद्ध भएर अघि बढनुपर्ने बताएका छन् । १३ औ गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै खनालले कोरोना महामारी र छिमेकी राष्ट्र भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानी भूमि फिर्ता ल्याउन एकताको विकल्प नभएको बताएका छन् ।
खनालले जारीग रेको विज्ञप्तीमा भनिएको छ ‘ अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेतृत्वमा सरकार संचालित छ । हाम्रो सामु अहिले ठूल ठूला चुनौती पनि देखा परिरहेका छन् । एकातिर हामीहरु कोरोना महामारीका बिरुद्ध लडिरहेका छौ भने अर्कातिर हाम्रो छिमेकी राष्ट्र भारतले हाम्रो भुभाग लिम्पियाधुरा, लिपुलेक र कालापानी अतिक्रमण गरेको छ । त्यसले गर्दा अतिक्रमित भूमि फिर्ता ल्याउन,राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता, अखण्डता र स्वाभिमानलाई अक्षुण्ण राख्न हामीले अझ बढी एकताबद्ध भएर अघि बढ्न जरुरी छ ।’
उनले विशेष घडीमा पार्टिलाई नीति र विधिका आधारमा परिचालित गर्दै अझ बढि एकतावद्ध बनाउदै रािष्ट्रयतालाई बलियो बनाएर महारीमारीका विरुद्ध लाग्न र समाजबादको बाटोमा दृढतापुर्वक अघि बढ्न आह्वान गरेका छन् । २०६२/६३ को शान्तिपुर्ण जनक्रान्तिका कारण सदियौं देखिको सामन्ती, निरंकुश तथा एकात्मक राजतन्त्रात्मक प्रणालीको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना हुनु युगन्तकारी परिर्वतन भएको खनालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्तीमा भनिएको छ ‘जनक्रान्तिकै बलबाट हामीले समाबेशी लोकतन्त्र, समाजवादउन्मुख संविधान र सामाजिक न्यायका उपलब्धिहरु हासिल गरेका छौं । जनक्रान्तिकै म्यान्डेट बमोजिम हामीले संविधान सभाको निर्वाचन गर्यौ । सबिधान निर्माण गरेपश्चात संविधान कार्यान्वयन गर्ने सन्दर्भमा केन्द्र, प्रदेश र स्थानीय तहको गठन गर्यौ । यी हामीले गरेका महत्वपूर्ण उपलब्धीहरु हुन् ।’
