नयाँबजार । इलामको माईजोगमाई गाउँपालिकाको २ वटा क्वारेन्टाइनमा राखिएका ६ जनाको स्वाब संकलन गरिएको छ । अमर कल्याण माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका २ जना र स्वास्थ्य चौकी नामसालिङको क्वारेन्टाइमा राखिएको ६ जनाको स्वाब संकलन गरिएको हो । स्वाबलाई संकलनका लागि कोशी अञ्चल अस्पताल विराटनगर पठाइएको स्वास्थ्य शाखा प्रमुख रामशंकर देवले जानकारी दिए । माईजोगमाई गाउँपालिकाको ३ स्थानमा क्वारेन्टाइन स्थापना गरिएको छ । जहाँ १ महिला सहित ७ जनालाई राखिएको छ । गाउँपालिकामा ३७ जनाको र्यापिड टेस्ट गरिएको छ ।